फ्रेण्डसिप खबर
Breaking अर्थवाणिज्य गृह पृष्ठ

चेतनशील क्षमता साकोषमा नयाँ नेतृत्व चयन

नाम्दु/दोलखाको वैतेश्वर गाउँपालिका ६ नाम्दु स्थित चेतनशील क्षमता बचत तथा ऋण सहकारी संस्था को २७औं वार्षिक साधारण सभा पुण्यप्रसाद घिमिरेको अध्यक्षतामा १४ सदस्यीय संचालक समिति सर्वसम्मत निर्वाचित गर्दै सप्पन्न भएको छ।
जसअनुसार अध्यक्ष पुण्यप्रसाद घिमिरे,वरिष्ठ उपाध्यक्ष  भरत उप्रेती,महिला उपाध्यक्ष गोमा दहाल,सचिवमा धुर्व आचार्य,कोषाध्यक्ष बलराम घिमिरे लगायत संचालक समिति र रामशरण घिमिरेको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति सर्वसम्मत चयन गरेको संस्थाका नव निर्वाचित सचीव धुर्व आचार्यले जानकारी दिनुभयो।

साधारण सभा संस्थाका अध्यक्ष पुण्यप्रसाद घिमिरेको अध्यक्षता तथा वैतेश्वर गाउँपालिका उपाध्यक्ष कल्पना उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।साधारणसभामा संस्थाकाे संचालक समितिको वार्षिक प्रतिवेदन सचिव बद्री प्रसाद दाहालले प्रस्तुत गरेका थिए भने,आर्थिक वर्ष २०७८/०७९ सालको संस्थाको प्रगति प्रतिवेदन काेषाध्यक्ष बलराम घिमिरेले द्वारा प्रस्तुत भएको थियो।प्रतिवेदन अनुसार संस्थाको कुल पुँजी ८ करोड २३ लाख ७२ हजार आठ सय २० रुपैयाँ  रहेको छ। संस्थामा शेयर पूंजी-८९ लाख ९३ हजार नौ सय रुपैयाँ,तथा जगेडा कोष तर्फ ५८लाख १२हजार ३ सय ६६ रुपैयाँ रहेको छ।यस बर्ष संस्थाले एक लाख ५८ हजार एक सय २५ रुपैयाँ नाफा कमाउन सफल रहेको कोषाध्यक्ष घिमिरेले बताए।

सहकारीले साधारण सभाको अवसरमा उत्कृष्ट बचत कर्ता,असल ऋणी,अधिक शेयर खरिदकर्ता,बृद्ध-बृद्धा,विद्यार्थी लगायतलाई सम्मान गरेको थियो। साधारण सभाको उद्घाटन समारोहमा प्रमुख अतिथि वैतेश्वर गाउँपालिका उपाध्यक्ष कल्पना उप्रेती,जिल्ला सहकारी संघका अध्यक्ष हेमन्त चौलागाईं लगायतले  शुभकामना मन्तव्य राखेका थिए ।

याे पढ्न छुटाउनु भयाे की ?

हनुमन्तेश्वर माविले उचाल्यो रास्ट्रपति रनिङ शिल्ड- एकै खेलाडीले लिए ३ स्वर्ण र एक रजत सहित ४ पदक

Kedar Dahal

जनसचेतनद्वारा विद्यार्थी लाई सहकारी शिक्षा

Friendship Khabar

जनसचेतन द्वारा सहकारी दिवसमा रक्तदान

Friendship Khabar