फ्रेण्डसिप खबर
गृह पृष्ठ

दोलखालि समाज दक्षिण कोरियाको अध्यक्षमा पुन थापा निर्वाचित

केदार दहाल
दक्षिण काेरिया/दोलखालि समाज दक्षिण कोरियाका अध्यक्ष अभि थापाकाे सभापतित्व, NRNA दक्षिण कोरियाको अध्यक्ष बुद्धि गुरुङको प्रमुख आथित्यता र NCC का अध्यक्ष हरि प्रसाद खनालको विशेष आथित्यतामा कार्यक्रम सम्पन्न भएको हाे।

छैठौं अधिवेशनले अभि थापाकाे अध्यक्षतामा १७ सदस्यीय नयाँ समिति चयन गरेकाे छ । वरिष्ठ उपाध्यक्षमा बरुण खड्का, उपाध्यक्ष यज्ञ खड्का उपाध्यक्ष दीपेन्द्र खुलाल, महिला उपाध्यक्ष रोजिना थापा, महासचिव कुञ्जन थापा, सचिव भगवान तिवारी, सचिव सुमन कार्की, प्रवक्ता राजेन्द्र बस्नेत, कोषाध्यक्ष सन्जिब कार्की,सह कोषाध्यक्ष सचिन थामी, सदस्यहरू नविन शिवाकोटी, सन्तोष थापा, इश्वर थापा, गोविन्द बुढाथोकी, हेम कुमार थापा, नारायण शिवाकोटी रहेका छन् ।बन्दसत्रका संयोजक अंकित कार्की र निर्वाचन मण्डलका अध्यक्ष अमृत दाहालले सम्पूर्ण निर्वाचित समितिलाई सफथ खुवाउदै कार्यालय सफलताको शुभकामना दिनु भएको थियाे ।

“तपाईं हाम्राे सुख दुखकाे साथि दाेलखालि समाज, दाेलखालि समाज दाेलखालिकाे हितमा” भन्ने मूल उद्देश्यका साथ स्थापना भएको याे समाजले आज छैठौं अधिवेशन गर्न सफल भएको छ । दाेलखालि समाजले दाेलखाकाे शैक्षिक क्षेत्रमा धेरै अगाडिदेखि विभिन्न विद्यालय र विद्यार्थीलाई सहयाेग गर्दै आएको साथै विपन्न परिवार, दिर्घ राेगि, विपत लगायत धेरै क्षेत्रमा सहयोग गर्ने गरेकाे छ ।

याे पढ्न छुटाउनु भयाे की ?

चरिकोट बहुउद्देश्यीय सहकारी संस्था लि. को दशौं वार्षिक साधारण सभा सम्पन्न

Friendship Khabar

निर्दयी सरकार !!

Friendship Khabar

१०औं राष्ट्रपति रनिङ शिल्डकाे उपाधि जिरी नगरपालिकाकाे हातमा

Kedar Dahal