फ्रेण्डसिप खबर
बागमती प्रदेश समाचार स्थानीय समाचार

दोलखामा तीन हजार ९ सय २१ नयाँ मतादाता नामावली दर्ता

दोलखामा तीन हजार ९ सय १९ जनाले मतदाता नामावलीमा नयाँ नाम दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालयले जिल्लाभर सवै स्थानीय तहको कार्यलयमा सञ्चालन गरेको मतदाता नामावली संकलन विशेष कार्यक्रम अन्तर्गत नागरिकहरूले मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् ।आसन्न स्थानीय, प्रदेश र संघको निर्वाचनलाई लक्षित गरी जिल्लामा मंसिर १७ गतेदेखि पुस ९ गतेसम्म २० दिन पालिका स्तरीय मतदाता नामावली संकलन विषेश कार्यक्रम दुई चरणमा गरिएको थियो । मतदाता नामावली संकलन कार्य जिल्ला निर्वाचन कार्यालय र प्रशासन कार्यालयबाट नियमित भइरहेकोमा विषेश कार्यक्रम अन्तर्गत कोही नछुटुन्, कोही नदोहोरिऊन्, भन्ने नारासहित नागरिकलाई सहजताको लागि पालिका स्तरमा गरिएको थियो । दोलखा मा पहिलो चरणको कार्यक्रममा गौरीशंकर, बिगु, कालिञ्चोक र शैलुङ गाउँपालिकामा मंसिर १७ गतेदेखि २६ गतेसम्म सञ्चालन गरिएको थियो । सो कार्यक्रमबाट दुई हजार ५ सय ७५ जनाले मतदाता नाम दर्ता गरेका छन् । चार पालिकामध्ये बिगु गाउँपालिकाबाट नौ सय ८९ जनाले फोटोसहितको नाम दर्ता गरेका छन् । बिगु, गौरीशंकर र कालिञ्चोकको केन्द्रबिन्दु परेकोले विगु गाउँपालिकाको कार्यालय सिङ्गटीमा गरिएको कार्यक्रमबाट सबैभन्दा बढी मतदाता थपिएको निर्वाचन कार्यालयका प्रमुख नाम दर्ता अधिकारी विशाल केसीले जानकारी दिनुभयो।यसैगरी कालिञ्चोक गाउँपालिकाबाट एक सय ३९ जना, गौरीशंकर गाउँपालिकाबाट तीन सय ३४ जना, र शैलुङ गाउँपालिकाबाट दुई सय २८ जनाले नाम दर्ता गराएका छन् । मंसिर २९ गतेदेखि पुस ९ गतेसम्म दोश्रो चरणअन्तर्गत जिरी नगरपालिका, बैतेश्वर गाउँपालिका, तामाकोसी गाउँपालिका र मेलुङ गाउँपालिकाको कार्यालयमा मतदाता नामावली संकलन कार्यक्रम गरिएको थियो । सो कार्यक्रमबाट जम्मा १ हजार ४ सय २६ जनाले नाम दर्ता गराएका छन् । जसअनुसार जिरी नगरपालिकाबाट ६ सय ८८ जना, बैतेश्वर गाउँपालिकामा दुई सय ३५ जना, तामाकोसी गाउँपालिका दुई सय ३९ र मेलुङ गाउँपालिकामा २ सय ६४ जनाले नाम दर्ता गरेको प्रमुख नाम दर्ता अधिकारी केसीले बताउनुभयो। विषेश कार्यक्रम अवधिभर भीमेश्वर नगरपालिकाका लागि जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा नाम दर्ताको व्यवस्था मिलाइएको थियो । जिल्लामा प्रशासन कार्यालयबाट पाँच सय १५ जनाले नाम दर्ता गरेका छन् । त्यसैगरी जिल्ला निर्वाचन कार्यालयबाट दुई सय ५३ जनाले नाम दर्ता गराएका छन् । अन्य जिल्लामा स्थायी ठेगाना रहेका नागरिकहरूको समेत जिल्ला निर्वाचन कार्यालयमा गई मतदाता नामावलीमा नाम दर्ता गर्न मिल्ने व्यवस्था गरिएको थियो जसअनुसार ३५ जना अन्य जिल्लामा स्थायी ठेगाना भएका नागरिकहरूले निर्वाचन कार्यालय दोलखाबाट नाम दर्ता गरेका छन् । मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेका नागरिकहरुको लागि जिल्ला प्रशासन कार्यालय दोलखा र जिल्ला निर्वाचन कार्यालय दोलखामा निर्वाचन आयोगबाट निर्णय प्राप्त नहुन्जेल निरन्तर नाम दर्ता गरिने प्रमुख नाम दर्ता अधिकारी केसीले सुनाउनुभयो । त्यसैगरी पुस ११ गतेदेखि १९ गतेसम्मका लागि इलाका प्रशासन कार्यालय सिङ्गटीमा नाम दर्ता अभियान सुरु गरिएको गरिएको समेत उहाँले जानकारी दिनुभयो साथै ठाउँ सारी र त्रुटि सच्याउने कार्य जिल्ला निर्वाचन कार्यलयमा मात्र हुनेछ ।

याे पढ्न छुटाउनु भयाे की ?

वैदेशिक रोजगारीका विकृति रोक्न श्रम मन्त्री को निर्देशन

Friendship Khabar

जनसचेतन ३० औं बर्षमा,सहकारी अभियन्ता राष्ट्रिय पुरस्कार केवी उप्रेतीलाई

Nabin Kumar Khatiwada

कालिञ्चोक केबलकारको भाडा २० प्रतिशत बढ्यो

Nabin Kumar Khatiwada