फ्रेण्डसिप खबर
गृह पृष्ठ बागमती प्रदेश स्थानीय समाचार

जनज्योति मावी दोलखा जिल्लाकै उत्कृष्ट विद्यालय घोषणा

चरिकोट/शैक्षिक गुणस्तर मापनमा दोलखाबाट यसबर्ष जनज्योति मावी उत्कृष्ट बिद्यालय छनौटमा परेको छ।

शिक्षा तथा मानव श्रोत बिकास केन्द्र भक्तपुर स्थित शैक्षिक गुणस्तर परीक्षण केन्द्रको मूल्याङ्कनका आधारमा व्यवस्थापकीय तथा शैक्षिक कार्यमा दोलखाबाट उत्कृष्ट विद्यालयको रूपमा वैतेश्वर २ पुतलिकाठ स्थित जनज्योति माविले नगद ५ लाख सहित प्रोत्साहन प्राप्त गरेको हो।
दोलखाको ग्रामीण भेगमा रहेको बिद्यालयमा प्रधानाध्यापक राम प्रसाद भण्डारी र विव्यस अध्यक्ष छबिलाल मोक्तान नेतृत्वमा आएपछि यस विद्यालयको शैक्षिक गुणस्तर तथा व्यस्थापकीय कार्यमा धेरै सुधारका कामहरु भैरहेको अभिभावक हरुको भनाई रहेको छ।यसै कारण यस बर्ष दोलखा जिल्ला कै उत्कृष्ट बिद्यालय घोषणा भइ नगद पुरस्कार प्राप्त गरेको छ।

याे पढ्न छुटाउनु भयाे की ?

क्याम्पोलमा किवी प्रशोधन उद्योग

Nabin Kumar Khatiwada

अपर तामाकोसीकाे पीपीए पुनरावलोकन गर्दै

Friendship Khabar

यसरी अनेरास्ववियू विद्यार्थी सम्म पुग्नेछ

Friendship Khabar