फ्रेण्डसिप खबर
आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश राजनीति समाचार

छिमेकीलाई रुष्ट बनाउन खोज्यौं भने दुर्भाग्य हुनेछ:-खनाल

फाल्गुन १३/नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफू प्रधानमन्त्री हुँदा एमसीसी चाहियो भनेर अमेरिकालाई पत्र नलेखेको दाबी गरेका छन् ।

शुक्रवार अमेरिकी सहयोग परियोजना एमसीसीको विरुद्घमा प्रज्ञा भवन कमलादीमा नेकपा एकीकृत समाजवादी सम्बद्ध जनसंगठनद्वारा काठमाण्डौमा आयोजित एमसीसीबिरुद्ध खबरदारी सभामा बोल्दै नेता खनालले यस्तो बताएका हुन् । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै अहिले प्रतिगामी शक्तिहरुले एमसीसी चाहियो भनेर झलनाथ खनालले भनेको आरोप लगाइरहेको भन्दै त्यो सरासर झुटो भएको बताए ।

उनले भने केही मूर्खहरुले यसरी प्रचारप्रसार गरिरहेका छन् । यो १०० प्रतिशत मात्रै होइन एक लाख प्रतिशत झुटो कुरा हो । म प्रधानमन्त्री भएको बेलामा प्रधानमन्त्रीको कार्यालयबाट कुनै न कुनै चिठी लेखेको छु, न कुनै अनुरोध गरेको छु । एमसीसी सम्झौता गर्ने कुरामा एउटा कुरा पनि अघि बढाएका छैनौँ ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीले शुक्रबार पोखरामा आयोजित एक सभालाई सम्बोधन गर्दै झलनाथ खनालको प्रधानमन्त्री कार्यकालमा एमसीसी चाहियो भनेर पत्र लेखिएको बताएका थिए । ओलीले भनेका थिए ‘एमसीसीमा निवेदन हाल्ने झलनाथ खनाल हिँड्दा ताली पिट्छन्, म हिँड्दा ढुंगा हान्छन् ।’ ओलीले एमसीसीको विरोधमा राजधानीमा भएको प्रदर्शनमा आफूहरुमाथि ढुंगा हान्ने तर एमसीसीका लागि निवेदन दिने झलनाथ खनाल लगायतले भने ताली पाउने गरेको बताएका थिए । ओलीको यो आरोप लगत्तै पूर्वप्रधानमन्त्री खनालले राजधानीमा आयोजित एक कार्यक्रममार्फत ओलीलाई चुनौतीसहितको जवाफ दिएका छन् । उनले एमसीसीका लागि आफूले कुनै पत्र नलेखेको दाबी गर्दै यदि लेखेको भए त्यस्तो पत्र सार्वजनिक गर्न चुनौती दिए ।
नेता खनालले आफ्नो कार्यकालमा एमसीसीसँग कुनै कुरामा पत्र लेखेको डकुमेण्टहरु लिएर आउन पनि चुनौति दिए । उनले एमसीसीलाई पत्र लेख्ने कुरा डा. बाबुराम भट्टराई प्रधानमन्त्री बनेदेखि सुरु भएको र यो कुरा दिउँसोको घाम जत्तिकै छर्लङ्ग रहेको बताए । नेता खनालले अहिले देशमा अर्कोले गल्ती ग¥यो म पनि गल्ती गर्छु भन्ने ढंगले राष्ट्रघाती कदमहरु चालिएको आरोप लगाए ।
नेता खनालले शर्त नै शर्तको पोकोको रुपमा ल्याइएको एमसीसीमा अमेरीकाको सुरक्षा छाता भित्र नेपाललाई लैजाने नियत भएको भन्दैे छिमेकी राष्ट्रलाई रुष्ट बनाएर टाढाको मुलुकलाई रिझाउन खोजे त्यो भन्दा ठूलो दुर्भाग्य नेपालका लागि अरु कुनै नहुने दाबी गरे । उनले छिमेकी राष्ट्रहरुलाई रुष्ट बनाउँदा युक्रेनको जस्तो दुर्भाग्य नेपालले पनि खेप्नु पर्नसक्ने बताए । उनले छिमेकी देश चीन र भारतका बिरुद्ध नेपालमा कुनै पनि गतिविधि भए नेपालको अस्तित्वमाथि खतरा पैदा हुने भन्दै चिन्ता व्यक्त गरे ।
नेता खनालले भने, ‘दुई तीन दिनअघि मात्रै युक्रेन भन्ने देश सिंगो देश थियो, तर अहिले विभाजित भएर तीन वटा देशको रुपमा परिणत भएको छ, आक्रमण भइरहेको छ । हामीले अध्ययन गयौं भने युक्रेन रुसको अत्यन्त संवेदनशील छिमेकमा रहेको छ । तर छिमेकमा भएको सरकारले लगातार आफूलाई पश्चिमाहरुसँग सम्बन्ध राख्न खोज्ने नेटोको सदस्य बनाउन माग गर्दै लगातार रुसलाई उत्तेजित बनाउँदै गयो । ’
सम्मानित नेता खनालले अमेरिकाको दादागिरीको युग सकिएको भन्दै वल्छिको रुपमा ल्याइएको एमसीसीमा आकर्षित भएर हाम्रो किलकिले उन्नु छैन भन्दै बिना संशोधनको एमसीसी नेपाललाई नचाहिने बताए ।
खनालले एमसीसी अमेरिकारको सरकारी निगम हो भनेर अमेरिकाको कानुनले नै भनेको पनि प्रस्ट पारे । छिमेकीसँगको सम्बन्धलाई सन्तुलित बनाउनुपर्नेमा जोड दिंदै पूर्व प्रधानमन्त्री खनालले भने ‘छिमेकीलाई रुष्ट बनाएर टाढाको एउटालाई इष्ट बनाउन खोज्यौं भने दुर्भाग्य हुनेछ ।’
खनालका अनुसार हामी स्वतन्त्र देश हौं, असंलग्न परराष्ट्र नीति लिन्छौं भनेको भए युक्रेनले त्यो दुर्दशा भोग्नुपर्ने थिएन । उनले नेपालका दुई छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्ध सुमधुर बनाउन नसके नेपालको अस्तित्वमाथि समेत खतरा आइलाग्न सक्ने चेतावनी दिए ।

उनले एमसीसी सम्झौतालाई सरकारले छापामार तरिकाले संसदमा टेबल गर्ने काम गरेको आरोपसमेत लगाए ।
सभामा नेता झलनाथ खनाल, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, अर्का नेता लिलामणी पौडेल, पूर्वाधारविद् डा. सूर्यराज आचार्य, विश्लेषक खगेन्द्र प्रसाईं लगायतले एमसीसीले नेपालमा पार्ने दिर्घकालिन समस्या र चुनौतिको बारेमा धारणा राखेका थिए ।

याे पढ्न छुटाउनु भयाे की ?

“हाम्राे बजार राम्राे बजार ” यसमा जनसचेतनकाे नजर

Kedar Dahal

बागमतीमा प्रदेश निजामती र स्थानीय सेवा अध्यादेश जारी

Friendship Khabar

ह्युल सुम प्रथम गाेल्ड कप-२०८० काे उपाधि खाेल्मे स्पोर्ट्स क्लबलाई

Kedar Dahal