फ्रेण्डसिप खबर
गृह पृष्ठ बागमती प्रदेश समाचार स्वास्थ्य

श्रमिकको निःशुल्क कोरोना भाइरसको पीसीआर परीक्षण

काठमाडौं/स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको निःशुल्क कोरोना भाइरसको पीसीआर परीक्षण गर्ने भएको छ।

स्वास्थ्यमन्त्री विरोध खतिवडाको अध्यक्षतामा आज बसेको मन्त्रालयको मन्त्रिस्तरीय निर्णयले वैदेशिक रोजगारीमा जाने श्रमिकको निःशुल्क कोरोना भाइरस परीक्षण गर्ने भएको मन्त्रीका प्रेस सल्लाहकार शन्तराम बिडारीले जानकारी दिए ।

उनका अनुसार वीर अस्पताल,शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट श्रमिकले निःशुल्क पीसीआर परीक्षण गराउन सक्नेछन् ।

सबै प्रक्रिया पूरा गरिसकेर टिकट लिइसकेको श्रमिकलाई निःशुल्क परीक्षण गर्न थालिएको हो । सरकारले पीसीआर परीक्षणको शुल्क रु ८०० तोेकेको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

जनजागरण साकाेषकाे बार्षिक साधारण सभा

Nabin Kumar Khatiwada

मन्त्री परिषदबाट स्वीकृत “शिक्षा ऐन २०८०” का विरुद्धमा शिक्षकहरु धर्नामा

Friendship Khabar

डाँडागाउँमा बोलेरो दुर्घटना,३ जना गम्भीर घाइते

Friendship Khabar