फ्रेण्डसिप खबर
गृह पृष्ठ

साेनाम ल्हाेछार पर्व मनाउन वैतेश्वरमा २ दिन सार्वजनिक बिदा

केदार दहाल
दोलखा/तामाङ समुदायको सांस्कृतिक पर्व ‘सोनाम ल्होछार’ को अवसरमा दोलखाको वैतेश्वर गाँउपालिकाले २ दिन सार्वजनिक बिदा दिने भएको छ।

बिहिबार गाउँपालिकाले निकालेकाे सुचना अनुसार आगामी माघ २६ र २८ गते ल्होसारको अवसरमा गाउँपालिका भित्रका सम्पूर्ण सरकारी कार्यालय, शिक्षण संस्था एवं बैंक तथा वित्तीय संस्थाहरुसम्पूर्ण बिदा दिने निर्णय गरेको हो । तामाङ समुदायले नयाँ वर्षको रुपमा हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन हर्षोल्लासपूर्वक मनाउने साँस्कृतिक पर्व सोनाम ल्होछारको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पुर्ण तामाङ समुदायका दाजुभाई तथा दिदिबहिनीहरुमा सुस्वास्थ्य,दीर्घायु, सुख, सम्वृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त पनि गरेकाे छ।

याे पढ्न छुटाउनु भयाे की ?

“एक विद्यालय एक नर्स कार्यक्रम” अन्तर्गत ४५७ जना नर्सका लागि अवसर

Kedar Dahal

प्रेस सेन्टर दोलखाका संस्थापकहरु सम्मानित

Friendship Khabar

चोयाका सामग्री बनाउने तालिम

Nabin Kumar Khatiwada