फ्रेण्डसिप खबर
Breaking गृह पृष्ठ समाचार

दुर्गम र विकट क्षेत्रको विकास नै देश विकास हो:-श्रम मन्त्री

अछाम/श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले देशका दुर्गम र विकट क्षेत्रको विकास नै देशको विकास भएकाले यसतर्फ तिनै तहको सरकारको ध्यान जानुपर्ने बताएका छ्न।
आज मन्त्री कुँवर गृह जिल्ला अछाम पुगेका छन् । मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला पुगेका कुँवरलाई जिल्लावासीले भव्य स्वागत गरेका छन् ।
जिल्लाको चौरपाटि गाउँपालिकाको चौंखुट्टे बजार मार्कु र साँफेबगर नगरपालिकाको साँफे बगरमा अछामी जनताले मन्त्री कुँवरको भव्य स्वागत गरेका हुन् । स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री कुँवरले देशको चौतर्फी विकासका लागि देशका सबै राजनीतिक दल एक भएर लाग्नु पर्नेमा जोड दिए ।
सुदूरपश्चिम प्रदेश र त्यसमा पनि अछाम लगायतका पहाडी जिल्लाहरुमा अझै पनि जनता स्वास्थ्य, शिक्षा, यातायात, खानेपानी, रोजगार, विपद लगायतका समस्यामा रहेकाले यसतर्फ स्थानिय र प्रदेश सरकारले बढि ध्यान दिनुपर्ने उनको भनाई छ ।

हरेक श्रमको सम्मान गर्नुपर्ने बताउँदै मन्त्री कुँवरले देशभित्रै रोजगारीको शृजना गरि युवा जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्न सके मात्रै देशले विकासको फड्को मार्ने बताए ।

याे पढ्न छुटाउनु भयाे की ?

नार्कका निर्देशक भट्टराई इन्टरनेशनल इनोभेसन एलाइन्सको उपाध्यक्ष

Friendship Khabar

चरिकोटमा आधारभुत सहकारी लेखापालन तालीम

Friendship Khabar

सीप विल्डिङकाे ईपिएस परिक्षामा नेपालबाट १२.६ प्रतिशत मात्रै उत्तीर्ण

Kedar Dahal