केदार दहाल
वैतेश्वर/११४औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा वैतेश्वर गाउँपालिकाको आयोजनामा “महिलामा लगानी : सभ्य र समुन्नत समाजको थालनी” विषयक वक्तृत्वकला प्रतियोगिता पालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम ज्ञवालिकाे अध्यक्षता र पालिका उपाध्यक्ष कल्पना उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हाे ।

वैतेश्वर गाउँपालिका स्तरीय खुल्ला महिला वक्तृत्वकला प्रतियाेगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वनामा क्रमशः यमुना लामिछाने, उर्मिला गाैतम, कञ्चन उपाध्याय र राेजिना लामिछाने भएका छन् । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई प्रमुख अतिथि उप्रेतीले क्रमशः नगद रु ६,६६७, नगद रु ५,३३४, नगद रु ४,००० र नगद रु १,३३४ सहित प्रमाणपत्रले सम्मान गर्नुभएकाे थियाे । प्रतियोगितामा जम्मा १६ जना महिलाहरुले भाग लिएका थिए भने करिब १०० जना जतिकाे उपस्थिति रहेकाे थियाे ।

सहभागी प्रतियाेगिहरुकाे मुल्यांकन कालिढुङ्गा माविका शिक्षक कृष्ण प्रसाद दहाल, हनुमन्तेश्वर माविका शिक्षक यज्ञ राज खतिवडा र वैतेश्वर माविका शिक्षक अर्जुन दहालले गर्नु भएको थियाे ।