फ्रेण्डसिप खबर
गृह पृष्ठ स्वास्थ्य

आज विश्व क्यान्सर दिवस – खावा बजारमा क्यान्सरको उच्च जोखिम

तेन्जिङ शेर्पा

जिरी, दोलखा — आज विश्व क्यान्सर दिवसको अवसरमा जिरी नगरपालिका र बैतेश्वर गाउँपालिका–३ को सिमानामा अवस्थित खावा बजार क्षेत्रमा क्यान्सर रोगको उच्च जोखिम देखिनु चिन्ताजनक विषय बनेको छ। पछिल्ला सात महिनाको अवधिमा सोही क्षेत्रका पाँच जनामा क्यान्सर संक्रमण पुष्टि भई विभिन्न अस्पतालमा उपचाररत रहेको तथ्य सार्वजनिक भएको छ।

पर्यटकीय नगरी जिरीको प्रमुख प्रवेशद्वारका रूपमा परिचित खावा बजारमै छोटो समयमै यति धेरै क्यान्सरका बिरामी देखिनु स्वास्थ्य सुरक्षाको दृष्टिले गम्भीर चुनौतीको संकेत मानिएको छ। एउटै भू–भागमा यति कम अवधिमा क्यान्सरका घटना बढ्नुले वातावरणीय, खानपान, जीवनशैली वा अन्य सम्भावित कारणहरूको गहिरो अध्ययन र अनुसन्धान आवश्यक रहेको देखिन्छ।

स्वास्थ्य विज्ञहरूका अनुसार क्यान्सरजस्तो प्राणघातक रोग समयमै पहिचान र रोकथाम गर्न सकिएमा धेरै हदसम्म नियन्त्रण सम्भव हुन्छ। त्यसैले खावा बजार र आसपासका क्षेत्रमा क्यान्सरको सम्भावित जोखिमका कारणहरू पत्ता लगाउन वैज्ञानिक अध्ययन, स्वास्थ्य परीक्षण शिविर तथा जनचेतनामूलक कार्यक्रम तत्काल सञ्चालन गर्न आवश्यक देखिएको छ।

यस विषयलाई गम्भीरताका साथ लिई सम्बन्धित स्थानीय तह, जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय तथा अन्य सरोकारवाला निकायहरूले तत्काल पहल गर्नुपर्ने स्थानीयवासीहरूको माग रहेको छ। समयमै अनुसन्धान र रोकथामका कदम नचालिएमा भविष्यमा थप नागरिक क्यान्सरको जोखिममा पर्न सक्ने भएकाले सबै पक्षको संयुक्त प्रयास अपरिहार्य देखिन्छ।

विश्व क्यान्सर दिवसको सन्दर्भमा खावा बजारमा देखिएको यो अवस्थाले क्यान्सरविरुद्ध सचेतना, प्रारम्भिक परीक्षण र रोकथाम कार्यक्रमलाई अझ प्रभावकारी बनाउने आवश्यकता औंल्याएको छ।

याे पढ्न छुटाउनु भयाे की ?

नेकपा एस दोलखा काठमाडौ सम्पर्कको अध्यक्षमा बिकल श्रेष्ठ,(अधिवेशन फोटो फिचर)

Friendship Khabar

समुदायमा आधारित सहकारीमा जोखिम छैन:-मन्त्री लम्साल

Friendship Khabar

सफल सहकारीको ११औं वार्षिक साधारण सभा सम्पन्न

Friendship Khabar