फ्रेण्डसिप खबर
गृह पृष्ठ

आगलागीमा घर जलेर नष्ट, वडा अध्यक्ष द्वारा नगद सहयाेग

पुष्कर अधिकारि

हिजाे राति वैतेश्वर गाउँपालिका वडा नं ४ लामास्वाँरा निवासि रबिचन्द्र दहालकाे घरमा भिषण आगलागी भएको छ । भान्सा काेठाबाट शुरु भएको आगाेले पुरै घर जलेर नष्ट भएको हाे । प्रहरी र स्थानीय बासिन्दाकाे सक्रिय सहभागितामा पनि आगाे नियन्त्रण गर्न गार्‍हो भएको स्थानिय सुजन दाहालले जानकारी दिएका छन् ।

दहालका अनुसार करिब २५ लाख बराबरको क्षेति भएको अनुमान गरिएको छ । घर पुर्ण रुपले जलेर नष्ट भए पछि घर भित्र रहेका सम्पूर्ण अन्नपात, लत्ताकपडा लगायत जिन्सी सामानहरु जलेका छन् । रबिचन्द्रले ज्याला मजदुरि गर्दै आफ्नो परिवारकाे जिविकाेपार्जन गर्दै आएका थिए । आफ्नो वडा भित्र हरेक विपतमा परेका पिडित परिवारलाई नगद सहयाेग गर्दै आउनुभएका वडा अध्यक्ष कुमार चाैलागाइले पिडित रबिचन्द्र लाई पनि नगद दस हजार सहयाेग गर्नु भएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

श्रम मन्त्रीको निर्देशनमा मेनपावरमा छापा, ८७ थान पासपोर्ट जफत

Friendship Khabar

पर्देशिनुको पिडा झल्काउने उषा गजुरेलकाे स्वरमा “आमा” गित सार्वजनिक

Kedar Dahal

एक उत्कृष्ट पर्यटकीय गन्तव्य : दोलखा

Nabin Kumar Khatiwada