फ्रेण्डसिप खबर
गृह पृष्ठ देश बागमती प्रदेश समाचार साहित्य र जीवनी स्थानीय समाचार

पृथ्वी जयन्तीको अवसरमा राप्रपा दोलखा द्वारा चियापान

चरिकोट,दोलखा/राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाले ३०० औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ।
राप्रपा दोलखाका कार्यबाहक अध्यक्ष सुर्य बहादुर बस्नेतको अध्यक्षतामा चियापान तथा माल्यार्पण कार्यक्रम गरिएको हो।
माल्यार्पण कार्यक्रममा राप्रपाका पुर्व केन्द्रिय सदस्य नवराज श्रेष्ठ,दोलखाका प्रमुख जिल्ला अधिकारी टेकराज निरौला,जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु को उपस्थिति थियो। कार्यक्रम मा नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहाको स्मरण गर्दै उहाँको योगदान को चर्चा गरिएको छ।

बाईसे र चौविसे राज्यहरूमा छरीएर रहेको नेपाल लाई सींगो नेपाल अधिराज्य निर्माण का नायक राष्ट्र निर्माता पृथ्वीनारायण शाहा प्रती उपस्थित सम्पुर्ण बाट माल्यार्पण गरिएको थियो।

याे पढ्न छुटाउनु भयाे की ?

माघ ९ देखि प्रशासनको सेवा प्रवाहमा आलोपालो,समय तालिका सहित

Friendship Khabar

नव जनउत्थानको साधारण सभा, शेर्पाको नेतृत्वमा नयाँ समिति चयन

Kedar Dahal

जिरी महाेत्सवको तयारी तिव्र

Friendship Khabar