फ्रेण्डसिप खबर
कबिता गृह पृष्ठ लेख तथा रचना

गलत कर्म !!

दिनेश थापा (समर्पण), ठाटिकाध गाउँपालिका ६ दैलेख


छल गरेर छलको परिणाम आउँछ
हेर्नुस त अखबारमा उस्कै नाम आउँछ

संगत यसरी गरियो ठुला बढा संग
लाग्छ एक पीडा अर्को बदनाम आउँछ

आबाश्यक छैन भनेर फालेको पत्थर पनि
कुनैदिन त्यही घरको छानामा काम आउछ

म अँध्यारो हु कसरी आउन सक्छु होला
जब मेरो अस्तित्व सकिन्छ घाम आउछ

कुरा न बुझी हात मैले पनि उठाए मित्र
मेरो हातमा अब अर्कैको लगाम आउँछ

यहाँ दुख्ख पाएकाहरु दुख्ख सम्झिन्छन
दुख्ख दिनेलाई जो कसैको सलाम आउँछ

याे पढ्न छुटाउनु भयाे की ?

दैवीप्रकोपमा राहत र उद्दारमा सहयोग गर्न प्रतिनिधि छनौट

Friendship Khabar

प्रदेश निजामती सेवा र स्थानीय सेवासंग सम्बन्धित विधेयक प्रमाणीकरण,यस्ता छन मुख्य व्यवस्थाहरु

Friendship Khabar

वैतेश्वर द्वारा प्राबिधिक सीप बिकास तालिम प्रदान

Friendship Khabar