फ्रेण्डसिप खबर
गृह पृष्ठ बागमती प्रदेश राजनीति स्थानीय समाचार

वैतेश्वरमा जनता संग काङ्ग्रेस अभियान शुरु, तोकियो संयोजकहरू

पुष्कर अधिकारी/मैनापोखरी

“दोलखाली जनतासँग काङ्ग्रेस”१ महिने जागरण अभियान अन्तर्गत बैतेश्वर गाउपालिकामा शुरु भएको छ।
नेपाली काँग्रेस जिल्ला कार्यसमिति दोलखाको निर्णय वैतेश्वर गाउँ कार्यसमितिको मिति २०७८ माघ १८ गते बसेको बैठकले”दोलखाली जनतासँग नेपाली काँग्रेसको १ महिने जागरण अभियान ” २०७८ फागुन २ गतेबाट  बाट सुरू हुने भयको हो।
जागरण अभियान कार्यक्रम सफल बनाउनको निमित्त वैतेश्वर गाउँ पालिका को सवै वडाहरुमा संयोजक तोकि जिम्मेवारी दिएको गाउँ कार्यसमिति का सचीव यादब तमाङ ले जानकारी दिए। बैठकले जिल्लाबाट खटाइएको प्रतिनिधिको सिफारिसमा वडा संयोजकहरूको छनोट समेत गरेको छ।

जस अनुसार वडा नं १ गैरिमुदीको लागि संयोजक श्याम कुमार तामाङ वडा नं २ को लागि बिर्ष बहादुर तमाङ वडा नं ३ को लागि राजु उप्रेती वडा नं ४ को लागि छविलाल मोक्तान,वडा नं ५ को लागि देवराज खत्री वडा नं ६ को लागि कृष्ण गोपाल केसी वडा नं ७ को लागि  श्याम प्रसाद उप्रेती र वडा नं ८ को लागि सुवाश लामा लाई संयोजक को जिम्मेवारी तोकिएको छ।

कार्यतालिका अनुसार वडा नं १ गैरिमुदिमामा २०७८ फागुन ०२ गते,वडा नं २ पुतलिकाठमा २०७८ फागुन ०४ गते,वडा नं ३ मिर्गेमा २०७८फागुन ०६ गते,वडा नं ४ काब्रेमा २०७८ फागुन १० गते,वडा नं ५ मैनापोखरीमा २०७८ फागुन १२गते,वडा नं. ६ नाम्दुमा २०७८ फागुन १६ गते,वडा नं. ७ मार्बुमा २०७८ फागुन १४ गते वडा नं ८ क्षेत्रपामा २०७८ फागुन ०८ गतेका लागि कार्यक्रम तोकिएको छ। 

याे पढ्न छुटाउनु भयाे की ?

२६५१ मिटरको उचाइमा रहेको हनुमन्तेमा वृहत मेला हुँदै

Friendship Khabar

आज विश्व क्यान्सर दिवस – खावा बजारमा क्यान्सरको उच्च जोखिम

Kedar Dahal

“एक विद्यालय एक नर्स कार्यक्रम” अन्तर्गत ४५७ जना नर्सका लागि अवसर

Kedar Dahal