फ्रेण्डसिप खबर
गृह पृष्ठ

काेरियन भाषा परीक्षा CBT काे आवेदन खुल्ला, पुनः जाने इच्छा भएकाहरुलाई अवसर

केदार दहाल
ललितपुर/ दक्षिण कोरियामा काम गरेर फर्किएकालाई इपिएस कोरिया शाखा ग्वार्काे ललितपुरले भाषा परीक्षाको आवेदन खुलाएको छ ।

नेपाल सरकार र गणतन्त्र कोरिया सरकारबीच सम्पन्न समझदारी अन्तर्गत दक्षिण कोरियाबाट काम गरी वैधानिक रुपले फर्केका कामदारहरुलाई पुनः कामदारको रूपमा पठाउने प्रक्रिया अनुरूप आवेदन खुला गरिएको हो ।


आवेदनकाे सूचना प्रकाशित गर्दै पाँच वर्ष कोरियामा रोजगार गरेर फर्किएकाले साउन १३ देखि १५ गतेसम्म आवेदन दिन पाउने जानकारी दिएको छ । शाखाका अनुसार परीक्षा आगामी भदौ १८ देखि २९ गतेसम्म हुने छ भने नतिजा प्रकाशन असोज ३ गते हुने छ ।

इपिएस अन्तर्गत कोरियामा रोजगारी प्राप्त गरेका र सन् २०१० जनवरी १ पश्चात् भिसा अवधिभित्रै स्वैच्छिक रूपले नेपाल फर्केका कामदारहरूले मात्र आवेदन दिन सक्नेछन् ।

याे पढ्न छुटाउनु भयाे की ?

विशाल र देवीले शुरू गरेका महत्त्वका याेजना पूरा गर्छुः गंगा कार्की

Nabin Kumar Khatiwada

विश्वमा पानीको सीमितता र यसले याैन तथा प्रजनन स्वास्थ्यमा पार्ने प्रभाव बारे कार्यशाला सम्पन्न

Kedar Dahal

समाजवादी दोलखा द्वारा प्रशासनमा ११ बुदे ज्ञापन पत्र,यस्ता छन मागहरू

Nabin Kumar Khatiwada