फ्रेण्डसिप खबर
समाचार

चरिकोट अस्पताललाई ‘पशुपति चौंलागाई स्मृति अस्पताल’ नामाकरण गरिने

वैतेश्वर,दोलखा । बागमती प्रदेश सरकारले दोलखाको चरिकोट प्रादेशिक अस्पताललाई पशुपति चौलागाई स्मृति अस्पताल नामाकरण गर्ने निर्णय गरेको छ ।

बिहिबार बसेको बागमती प्रदेशको मन्त्रीपरिषदको बैठकले अस्पतालको नाम शंसोधन गर्ने निर्णय गरेको हो ।दोलखा जिल्लाबाट प्रदेश सभाको सदस्यमा नेकपा एमालेवाटबाट निर्वाचित सांसद चौलागाईको स्मृतिमा अस्पतालको नामाकरण गर्ने निर्णय भएको हो ।

सांसद चौलागाईको कोरोना संक्रमणका कारण गत बैशाख २८ गते उपचारका क्रममा काठमाडौको मनमोहन मेमोरियल अस्पतालमा निधन भएको थियो ।

बागमती प्रदेश सरकारले यसअघि पनि चरिकोट अस्पतालको नामाकरण स्वर्गीय सांसद पशुपति चौंलागाई स्मृति अस्पताल राख्ने भनेपनि कार्यान्वयन हुन नसके पनि हाल प्रदेश सभाको बैठकमा तत्काल कार्यान्वयन गर्ने गरी मन्त्री परिषद बैठकवाट निर्णय गरिएको हो ।

याे पढ्न छुटाउनु भयाे की ?

जुरिच किन्डर गार्डेनको दीक्षान्त,१३ जना दिक्षित

Nabin Kumar Khatiwada

समाजवादी दोलखाको तीनै तहका सरकारलाई ध्यानाकर्षण पत्र

Friendship Khabar

शैलुङमा प्रअ भत्ता सरकार लाई नै फिर्ता

Friendship Khabar