फ्रेण्डसिप खबर
आजको ताजा समाचार गृह पृष्ठ राजनीति

एमसीसीविरुद्ध अनेरास्ववियूको लालटिन जुलुस

काठमाडौं/नेकपा एकीकृत समाजावादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले आज पनि एमसीसीको विरोधमा प्रदर्शन गरेको छ ।
संसद भवनअगाडि अनेरास्ववियूले सिठ्ठी फुकेर लालटिन जुलुस निकालेका छन् । अध्यक्ष सुदेश पराजुली नेतृत्वको आन्दोलनकारी समूहले एमसीसी खारेजीको माग गर्दै नाराबाजी गरेका छन् । उनिहरुले नेता तथा सांसदहरुलाई दिउँसै लालटिन बालेर सचेत गराएका छन् ।
आज बिहानमात्र गृहमन्त्री खाणले पराजुलीलगायत आन्दोलनकारी संगठनका नेतृत्वलाई फोन गरेर गठबन्धनलाई असर नपर्ने गरी शान्तिपूर्ण आन्दोलन गर्न आग्रह गरेका थिए ।

अमेरिकी सहयोग परियोजना एमसिसीको विरोधमा बानेश्वर क्षेत्र फेरि अशान्त बनेको छ ।
आजको प्रतिनिधिसभाको बैठकमा एमसिसीमाथि छलफल हुने बताइएपछि प्रदर्शनकारीले विरोध जनाएका थिए। प्रदर्शनकारीहरूले एमसिसी अनुमोदन गर्न नहुने भन्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए । प्रदर्शनलाई लक्षित गर्दै बानेश्वर क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको । एमसिसीको विरोधमा रहेका दलहरूका कार्यकर्ताले सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

प्रहरीले भीडलाई नियन्त्रण गर्नका लागि रबरको गोली, अश्रुग्यास र पानीको फोहरा प्रहार गरेको थियो । आक्रोशित प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुंगा प्रहार गरेका थिए । सो क्रममा केही प्रदर्शनकारी घाइते भएको बताइएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

विशाल र देवीले शुरू गरेका महत्त्वका याेजना पूरा गर्छुः गंगा कार्की

Nabin Kumar Khatiwada

शारदा माविमा निशुल्क छात्राबास सहित पूर्ण छात्रवृत्तिमा प्राविधिक शिक्षा

Friendship Khabar

“हाम्राे बजार राम्राे बजार ” यसमा जनसचेतनकाे नजर

Kedar Dahal