फ्रेण्डसिप खबर
गृह पृष्ठ राजनीति स्थानीय समाचार

मैनापोखरीमा कांग्रेसको जागरण कार्यक्रम

मैनापोखरी/नेपाली कांग्रेस दोलखाको गाउँ जागरण कार्यक्रम अन्तर्गत शुक्रवार बैतेश्वर गाउँपालिका-५ मैनापोखरीमा सम्पन्न भएको छ।
शुक्रवार आयोजना गरिएको जागरण कार्यक्रम नेपाली कांग्रेसका केन्द्रिय सदस्य कुन्दनराज काफ्ले को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नेता काफ्लेले अब एमालेको पुरानो किल्ला काब्रेका जनताले कम्युनिस्ट पार्टी छोडेर काङ्ग्रेस मा प्रवेश गर्नेको लर्को लागेको र जनताको दुःखसुखमा साथ दिने पार्टी कांग्रेसमात्र भएकाले बैतेश्वर गाउँपालिकाको बिकास देखेर पनि पछिल्लो समय बैतेश्वरका युवाहरुले कांग्रेस पार्टी रोजेको बताए। त्यस्तै नेता काफ्लेले आगामी स्थानीयतहको निर्वाचनमा बैतेश्वरका सबै वडामा कांग्रेसले बिजय हासिल गर्ने बताए।

बैतेश्वर-५ का कांग्रेस वडा सभापति ईन्जिनियर बिक्रम दाहालको सभापतित्वमा भएको गाउँजागरण कार्यक्रममा नेपाली कांग्रेस दोलखाका पार्टी उपसभापति छवि लामा,जिल्ला कार्यसमिति सदस्य देवराज खत्री, नेपाली कांग्रेस बागमती प्रदेश समिति सदस्य पारस तामाङ,पुर्व जिल्ला समिति उपसभापति छबिलाल मोक्तान,क्षेत्र नम्बर एकका क्षेत्रीय सभापति शुक्रराज तामाङ,बैतेश्वर गाउँपालिका गाउँ जागरण अभियानका संयाेजक जयराम श्रेष्ठ,नेपाल तरुण दल केन्द्रिय सदस्य राजन अधिकारी,कांग्रेस बैतेश्वरका सभापति सम्सेर घिसिङ ,पुर्व सभापति राजु उप्रेती,नेता गिताकृष्ण शर्मा लगायतले कांग्रेसको गाउँ जागरण अभियानलाई सम्बोधन गरेका थिए। गाउँ जागरण अभियानको अवसरमा अन्य पाटिका थुप्रै कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

वैतेश्वर गाउँपालिका र बिकास रणनीति

Nabin Kumar Khatiwada

सबै मिले मात्र विकास सम्भव:-मन्त्री चौधरी

Friendship Khabar

गठबन्धनका उम्मेद्वारलाई भारी मतले विजय गराउन शिवाकोटीको आग्रह

Friendship Khabar