फ्रेण्डसिप खबर
Breaking गृह पृष्ठ बागमती प्रदेश राजनीति समाचार

माओवादी केन्द्र द्वारा सर्वसम्मत अध्यक्षकाे उम्मेदवार चयन

दोलखा /नेकपा (माओवादी केन्द्र) दोलखाले दुई गाउँपालिकामा अध्यक्षका उम्मेदवारको टुंगो लगाएको छ ।

जिल्लाको वैतेश्वर र तामाकोशी गाउँपालिकामा अध्यक्षको पदमा सर्वसम्मत उम्मेदवारको टुंगो लगाएको छ । बैतेश्वर गाउँपालिका कमिटीको मंगलबार बसेको सचिवालय बैठकले

जिल्लाको वैतेश्वर र तामाकोशी गाउँपालिकामा अध्यक्षको पदमा सर्वसम्मत उम्मेदवारको टुंगो लगाएको छ । बैतेश्वर गाउँपालिका कमिटीको मंगलबार बसेको सचिवालय बैठकले युवा नेता लक्ष्मण खड्कालाई गाउँपालिका अध्यक्षको रुपमा सर्वसम्मत निर्णय गरेको गाउँपालिका कमिटीका उपाध्यक्ष टि एन शेर्पाले बताउनुभयाे ।

लक्ष्मण खड्कालाई गाउँपालिका अध्यक्षको रुपमा सर्वसम्मत निर्णय गरेको गाउँपालिका कमिटीका उपाध्यक्ष टि एन शेर्पाले बताउनुभयाे ।

बैठकमा नेकपा (माओवादी केन्द्र) की केन्द्रिय सदस्य तथा दोलखा जिल्ला इन्चार्ज देवी खड्का,नेता गोपाल पाण्डे,जिल्ला सह-इन्चार्ज परशुराम रिमाल, पालिकाका पदाधिकारी लगायत उपस्थित थिए । साथै वडा अध्यक्षहरुमा बैतेश्वरको वडा नं २ मा राज कुमार तामाङ,४ मा लक्ष्मण चौलागाईं,५ मा भुवन घिमिरे र ७ मा मिनकुमार शिवाकोटी वडा अध्यक्षको उम्मेदवार सिफारिस भैसकेका छन् । पालिकाको बैठकले अन्य वडामा पनि छिट्टै उम्मेदवार टुंगो लगाउने निर्णय गरेको छ । गठबन्धन भएपनि बैतेश्वरमा अध्यक्ष छाड्न नसक्ने निर्णय भएको,तर केन्द्रिय नीति अनुसार पालिका उपप्रमुखमा भने ढोका खुल्ला रहेको र सो उपप्रमुख पद दिनेगरि अगाडी बढ्न सक्ने निर्णय भएको शेर्पाले बताउनुभयाे ।

त्यस्तै तामाकोशी गाउँपालिका कमिटीले पनि पालिका अध्यक्षको उम्मेदवार टुंगो लगाएको छ । पालिका अध्यक्षमा माओवादीको तर्फबाट सन्तोष केसी सिफारिस भएका छन् । तामाकोशीमा वडा नं १ को अध्यक्षमा सुरेश उप्रेती र वडा नं. ४ मा खड्गविक्रम खडका वडा अध्यक्षमा सिफारिस भएका छन् । पछिल्लो समय माओवादिमा प्रवेश गर्नेकाे लहर बड्दै गर्दा आजै दाेलखाली कम्युनिस्ट आन्दोलनका हस्ति नेकपा एमाले दाेलखामा सक्रिय रहि नेपाल राष्ट्रिय शिक्षक संगठन लगाएत विभिन्न जिम्मेवारीमा काम गर्दै आउनु भएका तामाकोसी गाउँ पालिका वडा नं. २ निवासी कवीप्रसाद काफ्ले नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रमा प्रवेश गर्नु भएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

विदेशि भुमिमा गरेकाे श्रमबाट विद्यार्थीलाई पाेषाक वितरण

Kedar Dahal

श्रमिक अस्पताल निर्माणका लागि संभाव्यता अध्ययन प्रतिवेदन पेश

Friendship Khabar

राष्ट्रिय कर्मचारी सङ्गठनको क्षेत्रीय संयोजकमा थामी

Nabin Kumar Khatiwada