फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार कभर स्टाेरी कृषि गृह पृष्ठ स्थानीय समाचार

गोलभेडा खेतीबाट आत्मनिर्भर बन्दै उनियाचौरका कृषक

पुष्कर अधिकारी
दोलखा/जिल्लाको वैतेश्वर गाउँपालिका वडा नम्बर ४ मा पर्ने एउटा सिङ्गो गाउँका दर्जनौं कृषकले व्यवसायीक गोलभेडा खेती गर्दै आएका छन्।
१६ वर्ष अघि २०६३ साल देखी मैनापोखरी बजार बाट साढे दुई किलोमीटर टाढा पर्ने उनियाचौर गाउँमै पहिलो पटक गोलभेडाको खेती सुरु गरेका चन्द्र बहादुर दाहालले अहिले गोलभेडाको खेतीलाई गाउँभरमै विस्तार गर्न सफल भएका छन्।सिजन-सिजनमा गोलभेडा उत्पादन गरेर राम्रो आम्दानी लिने गरेका उनले यहीँ खेतीलाई गाउभरमा विस्तार गर्न सफल भएको बताए।१६ वर्ष अघि पनि कृषिमै रहेका दाहाल त्यो समय १० रुपैयाँ माना भैँसिको दुध ल्याएर मैनापोखरी बजारमा बेच्ने गर्थे।भैँसिको दुध बिक्रीबाट खासै राम्रो आम्दानी नभएपछि भैँसि पालन संगै उनले २०६३ सालमा दुईवटा गोठ बनाएर त्यसैलाई गोलभेडा र केराउको टनेल बनाएर खेती गर्न सुरु गरेका उनले अहिले गाउँभरमै धेरै गोलभेडा खेती गर्ने कृषकको रूपमा आफुलाइ चिनाउन सफल भएका छन्।

१६ वर्षको अन्तरलमा घर छेउको पाखो बारीमा एक पछि दुई,दुई पछि चार गर्दै हिजो आजको समयमा उनले २९ वटा गोलभेडाको टनेलमा सिजन अनुसारको गोलभेडा लगाएका छन्।१६ वर्ष अघि १० रुपैयाँ माना दुध बेचेर वर्ष १२/१५ हजार कमाउने दाहाल अहिले गोलभेडा खेतीबाट सिजनमा दुई देखी पाँच लाखसम्म आम्दानी गर्ने गरेको बताउँछन्।दाहाल भन्छन्,१६ वर्ष अघि देखी व्यवसायीक तरकारी खेती गर्दै आएपनि अहिलेसम्म गाउँपालिकाले ११ जना किसानलाई दिएको पकेट कार्यक्रमको एक लाख ३४ हजार अनुदान र प्लास्टिक टनेल बाहेक अन्य कुनै संघसंस्थाले अनुदान तथा ऋण सहयोग नगरेको बताए।
गाउँकै उदाहरणीय व्यवसाय गर्ने दाहालले आफ्नै लगानीमा २९ गोलभेडा टनेल हालेका छन्।एउटा टनेलमा  एक सय ७० वटा सिर्जना जातको बिरुवा लगाएका छन्।
पछिल्लो समय सो गाउँका १८ घरधुरीले दुई सय १७ वटा गोलभेडाको टनेल हालेर व्यवसायीक खेती गर्दै आएका छन्।खेती गर्नेमा गाउँका ७ घरपरिवार सार्की छन्।सार्की परिवारले पनि आफ्नो जग्गामा दुइटा,पाचवटा,सातवटा गोलभेडाको टनेल बनाएका छन्।सुरुमा सो गाउँमा चन्द्र बहादुर दाहाल र शिव प्रसाद दाहाल दाजुभाइको गोलभेडा खेतीमा प्रतिस्पर्धानै हुने गर्थ्यो।तर पछि गाउँमा एक पछि अर्कोले खेती गर्दै गएपछि सिङ्गो गाउँनै गोलभेडाको गाउँ बन्न पुगेको सोही गाउँ उनियाचौरका कृषक गोरे सार्कीले बताए।उनि भन्छन् सुरुमा गाउँमै पहिलो पटक चन्द्र र शिवले गोलभेडा लगाउन सुरु गरेका थिए त्यसको छ वर्ष पछि २०६९ साल देखी आफुले पनि गोलभेडाको खेती गर्न सुरु गरेको बताए घर माथी ६ वटा गोलभेडाको टनेल हालेका उनको गोठ भैसि पनि छ्।गोरे सार्की र उनकी श्रीमति कृष्णमाया सार्कीको दैनिक गोलभेडा गोडमेल र भैसिलाई घाँसपात गरेरै वित्ने गर्छ।
उनियाचौरबाट सिजनमा २ करोड माथीको गोलभेडा उत्पादन हुँदै आएको सो गाउँका स्थानीय कृषकले बताए।गाउँमा उत्पादन भएको गोलभेडा बिक्री गर्न बजार अभाव भएपछि तराईका जिल्लामा समेत बैतेश्वरको गोलभेडा खपत हुँदै आएको व्यवसायी दाहालले बताए।गाउँमा उत्पादन गरिएको धेरै जसो गोलभेडा आन्तरिक बजारमा खपत नभएको कारण बाहिरी जिल्लाहरु  सर्लाही,रौतहट र महोत्तरी जिल्लादेखी गाउँमै गोलभेडा लिन ब्यापारी आउने गरेको उनले बताए।स्थानीय बजारमा गोलभेडा बिक्री गर्न सहज नहुदा तराईका जिल्लामा पठाउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ्।व्यवसायी चन्द्र भन्छन् कतैबाट अनुदान सहयोग मिले १० वटा टनेल थप गरेर बेमौसमी तरकारी लगाउने सोच बनाएको छु।उनलाई बेमौसमी तरकारीको खेती गर्न राम्रो खालको प्लास्टिक टनेल आवस्यक परेको बताए।त्यस्तै बेलाबेला गोलभेडामा रोग लाग्दा कृषि ज्ञान केन्द्रले प्रविधिक सहयोग नगरेको गुनासो गर्दै यस तर्फ ज्ञान केन्द्रलाई ध्यानाकर्षण समेत गराए।

याे पढ्न छुटाउनु भयाे की ?

शैलुङमा प्रअ भत्ता सरकार लाई नै फिर्ता

Friendship Khabar

कालिञ्चोक केबलकारको भाडा २० प्रतिशत बढ्यो

Nabin Kumar Khatiwada

समुदायमा आधारित सहकारीमा जोखिम छैन:-मन्त्री लम्साल

Friendship Khabar