फ्रेण्डसिप खबर
आजको ताजा समाचार कभर स्टाेरी गृह पृष्ठ लुम्बिनी प्रदेश

सबै मिले मात्र विकास सम्भव:-मन्त्री चौधरी

सहरी विकास मन्त्री मेटमणि चौधरीले विकास, निर्माण र सम्वृद्धि चाहने हो भने सबै मिल्नुपर्ने धारणा राखेका छन् ।
शनिबार लमहीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भने, ‘साँचो अर्थमा विकास चाहने हो भने समाजका सबै पक्ष, सबै वर्ग र सबै जनता मिल्न जरुरी छ । कसैले म एक्लै गर्न सक्छु भन्छ भने त्यो मूर्खता मात्र हो ।’
‘विपि स्मृति भवनलाई बजेट छुट्याएको छु । अब जनमोर्चा समेतलाई छुट्याउँछु । हिन्दु, गुम्बा देखि क्रिश्चियनसम्मलाई बजेट छुट्याइनेछ । सबै जनताले राज्य मेरो हो भन्ने महसुस गर्नुपर्छ ।’ मन्त्री चौधरीले थपे ।

दाङ देउखुरीले अब मुहार फेर्ने धारणा राखेका सहरी मन्त्री चौधरीले देउखुरीबाट स्वर्गद्धारी जोड्ने केवुलकार, माइक्रो ट्रेन, बबई नदीदेखि मुसोटसम्म सुरुङ मार्ग, राप्ती नदीमा बृहत तटबन्ध सहित राप्ती कोरिडोर निर्माण जस्ता महत्वपूर्ण परियोजना सुरु गरिने जनाए ।
मन्त्री चौधरीले उनकै पलमा निर्माण भएको दलित सचेतना अभियान लमहीको भवन उद्घाटन, २० करोडको लागतमा बन्न लागेको लमही बहुउद्देश्यीय भवनको शिलान्यास गरेका थिए भने थारुकल्याणकारिणी सभा देउखुरी, नेपाल नेत्रज्योती संघ, उद्योमी महिला बचत तथा ऋण सहकारी लगायत विभिन्न संघ संस्थाहरुले सम्मान गरेका थिए ।

याे पढ्न छुटाउनु भयाे की ?

म गलत गर्दिनँ,तपाईँहरु पनि नगर्नुस: मन्त्री चौधरी

Friendship Khabar

वैतेश्वर द्वारा प्राबिधिक सीप बिकास तालिम प्रदान

Friendship Khabar

प्रदेश स्तरीय खुला वक्तृत्वकलामा चितवनका देबेन्द्र श्रेष्ठ प्रथम र दाेलखाकि मेलिशा ढुङ्गेल दास्रो

Friendship Khabar