फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ

इजरायलले थप १ हजार नेपाली कामदार लैजाने

काठमाडौं/श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र इजरायलका राजदुत खनान गोदेरबीच शिष्टाचार भेटवार्ता भएको छ । राजदुत गोदेर मन्त्री कुँवरलाई भेट्न सोमबार मन्त्रालय आउनु भएको थियो ।
उहाँहरुबीच विशेष गरी दुई देशबीचको श्रम सम्झौता बारे छलफल भएको छ । छलफलमा मन्त्री कुँवरलाई राजदुत गोदेरले हिजो मात्रै इजरायल सरकारले थप १ हजार नेपाली कामदार कृषी कामको लागि लैजाने विषयमा टुंगो लगाएको कुरा जानकारी गराउनु भएको थियो ।  त्यस्तै उहाँले यसअघि सहायक कामदारको लागि ९ हजार ६९९ जनाले निवेदन दिएकोमा १ हजार १४७ जना कामदार छनौट भएर इजरायल जाने तयारीमा रहेको पनि जानकारी गराउनु भएको थियो ।

भेटमा मन्त्री कुँवरले गोदेरलाई नेपाली जनतालाई इजरायल सरकाले उपलब्ध गराएका सबै प्रकारका सहयोगका लागि धन्यवाद दिनु भयो । साथै उहाँले आगामि दिनमा पनि इजराय सरकारले नेपालका कृषी, पर्यटन, उद्योग लगायतका विभिन्न क्षेत्रमा सहयोग गर्न अनुरोध गर्नु भएको छ । मन्त्री कँवरले श्रम मन्त्रालयले भरखरै विदेशबाट फर्किएका नेपाली कामदारको लागि पून एकिकरणको नीति पारित गरेकाले यसमा इजरायलका लगानी कर्तालाई सहयोग गर्न पनि आग्रह गर्नु भएको छ ।
त्यस्तै उहाँले अहिले थुपै नेपालीले इजराय जान चाहेकाले छिटो भन्दा छिटो उहाँहरुलाई इजरायल लैजाने वातावरण बनाइ दिन राजदुत गोदेरलाई अनुरोध गर्नु भयो ।

याे पढ्न छुटाउनु भयाे की ?

शिक्षक संगठन अध्यक्षमा कार्की र बुद्धिजीवी परिषद मा दहाल

Friendship Khabar

रिटर्नी सेन्टर नेपाल दाेलखाकाे प्रथम जिल्ला सम्मेलन चरिकोटमा

Kedar Dahal

नेपाल सहकारी बैंक द्वारा राष्ट्र बैंकमा अवधारणापत्र प्रस्तुत,दर्ता प्रकृया शुरु

Friendship Khabar