फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार कभर स्टाेरी गृह पृष्ठ बागमती प्रदेश समाचार स्थानीय समाचार

फ्रेण्डसिप खबरकर्मी खतिवडा लाई इन्द्रमणी पत्रकारिता पुरस्कार

तेन्जिङ शेर्पा

दाेलखा/यस बर्षको इन्द्रमणी स्मृति पत्रकारिता पुरस्कारबाट फ्रेण्डसिप खबरका प्रवन्ध संचालक नवीनकुमार खतिवडा पुरस्कृत हुनु भएको छ ।

समाजबादी प्रेश संगठन नेपालका केन्द्रिय सदस्य,दोलखा बाट प्रकाशित कालिन्चोक सन्देश साप्ताहिकका उप सम्पादक तथा नेपाल पत्रकार महासंघ दोलखा शाखाका कोषाध्यक्ष समेत रहनु भएका खतिवडा विगत १५ बर्षदेखी पत्रकारितामा कृयाशिल रहदै आउनु भएको छ ।
नेपाल पत्रकार महासंघ दोलखा शाखाले संस्थापक सभापति देवदाश श्रेष्ठ को १७ औं स्मृती दिवसको अवसरमा आज दोलखा सदरमुकाम चरिकोटमा आयोजित एक समारोहका बिच पुरस्कृत गरेको हो ।

इन्द्रमणी पत्रकारीता पुरस्कार नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखा को इतिहासमा सवैभन्दा पहिलो पुरानो पुरस्कार हो।यो पुरस्कार समाजसेवी माधवमणी राजभण्डारीले आफ्ना स्वर्गीय पिता इन्द्रमणी राजभण्डारीको सम्झनामा नेपाल पत्रकार महासंघ दोलखा शाखाकामा अक्षयकोष स्थापना गरि प्रत्येक बर्ष एक जना पत्रकार लाई पुरस्कृत गरि सम्मान गर्न शुरु गरिएको हो।

याे पढ्न छुटाउनु भयाे की ?

द्वाल्खा संस्कृतिका जिउँदो इतिहाँसकार, ओछ्यान पर्दा गुमनाम

Kedar Dahal

हिमालयन लाइफ इन्स्योरेन्सका डाइरेक्टर के सि द्वारा पाेषाक वितरण

Kedar Dahal

एमाले संसद शाहको परस्त्री सँगको टिकटक भिडियो सार्वजनिक

Friendship Khabar