फ्रेण्डसिप खबर
अर्थवाणिज्य गृह पृष्ठ बागमती प्रदेश राजनीति

समाजबादी सहकारी संगठनको अध्यक्षमा अर्याल

काठमाडौ/नेकपा एकीकृत समाजवादी निकट सहकारी संगठन समाजवादी सहकारी संगठन नेपाल घोषणा भएको छ । नवराज अर्यालको अध्यक्षतामा ७३ सदस्यीय केन्द्रीय समिति घोषणा भएको हो ।

नवगठित समितिका उपाध्यक्षहरूमा केशव दंगाल, बटुक कृष्ण थापा, एम प्रसाद जोशी, बिरबहादुर भोटे ,टीपी अधिकारी , विरेन्द्र यादव, धरणीधर अधिकारी रहनु भएको छ भने समितिको महासचिवमा देवराज न्यौपाने सचिवहरू हरी शर्मा सुदर्शन मिश्र ,किरण मोक्तान ,टापबहादुर श्रेष्ठ र राधा कडरिया रहेका छन् ।
कार्यक्रममा नवगठित समितिलाई सपथ ग्रहण गराउँदै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सहकारी अभियानले जनजिविकाका सवालहरुलाइ सम्बोधन गर्नुपर्ने बताए ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा केन्द्रीय प्रचार विभागका प्रमुख जगन्नाथ खतिवडाले नवगठित विभागकाका सदस्यहरूको नाम सार्वजनिक गर्दै पार्टीको जनसङ्गठनको रुपमा स्थापना भएको सहकारी सङ्गठनले जनअपेक्षित र लक्षित वर्गको क्षेत्रमा काम गर्नुपर्ने बताए ।

याे पढ्न छुटाउनु भयाे की ?

अमार्क एसिया प्यासिफिकको उपाध्यक्षमा सुवास खतिवडा निर्विरोध निर्वाचित

Friendship Khabar

जिल्ला सहकारी संघ दोलखा नेपालकै उत्कृष्ट सहकारी संघ घोषणा

Nabin Kumar Khatiwada

समाजवादी प्रेस संगठनको सचिवालय, कार्यालय र विभाग गठन

Kedar Dahal