फ्रेण्डसिप खबर
आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश राजनीति स्थानीय समाचार

राष्ट्रिय कर्मचारी सङ्गठनको क्षेत्रीय संयोजकमा थामी

सिंगटी, १ असोज/नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन (निजामती) र कर्मचारी महासंघ दोलखाको संयुक्त आयोजनामा क्षेत्रीय भेला सिंगटीमा शनिबार सम्पन्न भएको छ । भेलाले  भिम कुमार थामीको संयोजकत्वमा २५ सदस्यीय क्षत्रीय कमिटी  गठन गरेको छ ।

३ गाउँपालिकाका कर्मचारीहरुको उपस्थितिमा भएको भेलाले पालिका संयोजकको जिम्मेवारी समेत तोकेको छ । भेलाले कालिञ्चोक गाउँपालिकामा शान्ति खड्का, विगू गाउँपालिकामा प्रवेश घतानी र गौरीशंकर गाउँपालिका संयोजकको जिम्मेवारी जगदीश खड्काले पाएका छन् ।
भेलामा नेकपा माओवादी केन्द्रका जिल्ला इञ्चार्ज देवी खड्का, जिल्ला संयोजक कुलबहादुर बुढाथोकी, गौरीशंर गाउँपालिका अध्यक्ष विश्वास कार्की, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन केन्द्रीय सदस्य अर्जुन चौलागाई, मानबहादुर जिरेल, जिल्ला अध्यक्ष सुवास केसी लगायतले शुभकामना व्यक्त गरे ।

याे पढ्न छुटाउनु भयाे की ?

बचत संघ अध्यक्षमा भुमिराज खड्का र लेखा संयोजकमा गोपालध्वज श्रेष्ठ निर्वाचित

Friendship Khabar

जिल्ला सहकारी संघ दोलखा नेपालकै उत्कृष्ट सहकारी संघ घोषणा

Nabin Kumar Khatiwada

जिरी निगालेका शेर्पाले चढे सगरमाथा

Kedar Dahal