फ्रेण्डसिप खबर
Breaking गृह पृष्ठ बागमती प्रदेश राजनीति

झपट वोहरा टुरिष्ट उम्मेद्वार:-भरत स्वाँर

अछाम/नेपाली कांग्रेसका निर्वतमान सभापति भरत कुमार स्वाँरले एमालेबाट अछाम क्षेत्र नं.१ वाट उम्मेद्वार बनेका झपट वोहरा टुरिष्ट उम्मेद्वार भएको बताउनुभएको छ ।
सञ्चारकर्मीसँग कुराकानी गर्दै निर्वतमान सभापति स्वाँरले जिल्लामा बसेर राजनीतिक गर्नेबाहेक बाहिरबाट आउने टुरिष्टलाई जनताले भोट नदिने उहाँको भनाई रहेको छ । अछाम मतदाता नामावलि नभएका व्यक्तिलाई अछामप्रति कुनै चिन्ता नरहेको धारणा व्यक्त गर्नुभयो । उहाँले  चुनाबको मुखमा जिल्ला आउने अरुबेला हराउने, जनताको सुख दुः खमा भन्दा पनि चुनाव, अविधेशनमा केन्द्रित हुने नेतालाई जनताले सवक सिकाउने निवर्तमान सभापति स्वाँरको भनाई रहेको छ । यस्तै उहाँले २०५१ सालमा नेपाली कांग्रेसवाट आधिकारीक उम्मेद्वार विरुद्ध उम्मेदवारी दिएर स्वतन्त्र उम्मेद्वारी बन्दा अहिलेसम्म त्यसका् असर परेको बताउनुभयो । उहाँले आफूले २०५१ सालमा स्वतन्त्रको पक्षमा लागेका कारण अहिले पछुतो हुँदै आएको धारणा व्यक्त गर्नुभयो ।
२०५१ सालको स्वतन्त्र उम्मेद्वारले नेपाली कांग्रेसलाई २८ वर्षसम्म ठूलो क्षेति पुगेको उहाँको भनाई रहेको छ । निवर्तमान सभापति स्वाँरले कांग्रेसको शाख जोगाउन गठबन्धन आजको आवश्यकता रहेको बताउनुभयो । उहाँले माओवादी र एकिकृत समाजवादी पार्टी भन्दा पनि कांग्रेसलाई गठबन्धन आवश्यक रहेको बताउँदै ईमान्दारिता पूर्व गठबन्धन जिताउने अभियानमा लाग्नको लागि आग्रह समेत गर्नुभएको छ । सत्ता गठबन्धन नेपाली कांग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादीको मतभार ३२ हजार रहेको बताउँदै एक÷दुई हजार मत कसैले काटेपनि ३० हजार मत ल्याएर विजयी हुने दावि पनि गर्नुभयो । अछाम निर्वाचन क्षेत्र नं.१ मा सत्ता गठबन्धनबाट एकिकृत समाजवादीका केन्द्रिय सदस्य, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र एमालेबाट झपट वोहरा चुनावि प्रतिस्पर्धामा रहेका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

मेलुङमा सहकारीहरु बीच अन्तरक्रिया,१४ बुँदे साझा प्रतिबद्धता

Friendship Khabar

नव निर्मित स्वास्थ्य चाैकि भवन पालिका अध्यक्ष कार्कीद्वारा उद्घाटन

Kedar Dahal

जिरी अस्पतालका समस्या बारे स्वास्थ मन्त्री लाई ध्यानाकर्षण

Friendship Khabar