फ्रेण्डसिप खबर
Breaking अर्थवाणिज्य आजको ताजा समाचार कभर स्टाेरी गृह पृष्ठ बागमती प्रदेश

खिम्ती १ को शेयर स्थानीयलाई उपलब्ध गराउन नेकपा एस दोलखा द्वारा माग

चरिकोट /नेकपा एकीकृत समाजबादी दोलखाले खिम्ती १ जलविद्युत कम्पनीको शेयर स्थानीय लाई दिन माग गरेको छ।

सदरमुकाम चरिकोटमा जिल्ला कमिटी अध्यक्ष भीम प्रसाद दहालको अध्यक्षता र पार्टी पोलिटब्युरो सदस्य तथा जिल्ला कमिटी इन्चार्ज  शिव प्रसाद भण्डारीको प्रमुख आतिथ्यता,केन्द्रिय सदस्यहरु गोपाल न्यौपाने, पासाङ शेर्पा,भुवनसिं थापा लगायत प्रदेश कमिटीका नेताहरुको आतिथ्यतामा सम्पन्न भएको जिल्ला कमिटीको बैठकले उक्त निर्णय गरेको जिल्ला कमिटी सचीव अशोक कुमार दहालले जानकारी दिनुभयो।

दोलखा जिल्लाको तामाकोसी गाउँपालिका वडा नं. ५ किर्नेटारमा अवस्थित खिम्ती -१ जलविद्युत आयोजनाको लगानीकर्ता कम्पनी हिमाल पावर लिमिटेड र नेपाल विद्युत प्राधिकरण बिचमा सम्झौता भई उक्त आयोजनाको शेयर आधा आधा हुन लागेको भन्ने कुरा बुझिन आएकोले उक्त खिम्ती-१ जलविद्युत आयोजनाको कम्तीमा १० प्रतिशत शेयर स्थानीय वासीलाई र १५ प्रतिशत शेयर जिल्ला वासीलाई उपलब्ध गराउन हिमाल पावर लिमिटेड र नेपाल विद्युत प्राधिकरण समक्ष अनुरोध गर्दै सबै राजनैतिक दल र सरोकारवाला निकायबिच छलफल र अन्तरक्रिया आयोजना गर्न पार्टीले पहलकदमी लिने निर्णय भएको जिल्ला कमिटी अध्यक्ष भिम दहाल ले जानकारी दिनुभयो।

याे पढ्न छुटाउनु भयाे की ?

समाजसेवी सकुना श्रेष्ठ मलेकुको प्रस्तुती “राम भजन”

Friendship Khabar

समाजवादीको चौथो पुनर्गठन दिवस

Nabin Kumar Khatiwada

वैतेश्वर गाउँपालिका र बिकास रणनीति

Nabin Kumar Khatiwada