काठमाडौ/समाजसेवी सकुना श्रेष्ठ मलेकुको प्रस्तुती “राम भजन” र “तिमी विना के दिन अनी रात” बोलको गितको छाँयाङ्कन सम्पन्न भएको छ ।
धुलिखेल स्थित आगन्तुक रिसोर्ट सम्पन्न भएको उक्त भजन संग्रह र गित संग्रह छिट्टै बजारमा आउने समाजसेवी एवं गायिका सकुना श्रेष्ठ मलेकुले जानकारी दिनुभयो ।
नेपाली महिला दिदीबहीनीहरु र हिन्दु धर्म प्रति आस्थावान भक्तजन महानुभावहरुलाई लक्षित गरी यो “राम भजन संग्रह”ले नेपाली भजनमा नयाँ आयाम ल्याउनुका साथै भक्तजनहरुलाई विशेष सहयोग पुर्याउने गायिका श्रेष्ठले विश्वास लिनु भएको छ ।
“राम भजन संग्रह”मा समाजसेवी सकुना श्रेष्ठको आफ्नै गायन रहेको छ। यसै गरी संगीतमा मञ्जु उपासना, शव्दमा होमबहादुर सुनार (एच.वि.सुनार), एरेन्जमा विष्णु अधिकारी र स्टुडियो ओपल रहेको छ ।
अभिनयमा सकुना श्रेष्ठ मलेकु आफैले अभिनय गर्नु भएको छ भने उहाँलाई साथ दिनेमा गायक आनन्द कार्की, होमबहादुर सुनार र अञ्जु सुनार रहेका छन।
सार्वजनिक गर्न लागिएको भजन संग्रह “राम भजन” र गिती संग्रह “तिमी विना के दिन अनी रात”लाई मनपराई लाईक,सस्क्राईभ र शेंयर गरि दिनु हुन नेपाली संगित प्रेमी दिदीबहीनी र दाजभाई महानुभावहरुलाई सकुना श्रेष्ठ मलेकुले अनुरोध गर्नु भएको छ ।
यो भजन संग्रह र गिती संग्रह उहाँको आठौं प्रस्तुति हो,यश अघि उहाँले ५ वटा गिती संग्रह र २ वटा भजन संग्रह गरी ७ वटा सांगितिक कोसेली बजारमा ल्याई सक्नु भएको छ ।
प्राचिन शहर दोलखा हालको भीमेश्वर नगरपालिकाको वडा नं. २ मा पिता दिलबहादुर श्रेष्ठ र माता नानीमैयाँ श्रेष्ठकी छोरी सकुना श्रेष्ठ मलेकुले विगत तिन चार वर्षको अन्तरालमा सांगितिक क्षेत्रमा अपार सफलता प्राप्त गरेकी छिन।



