फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश स्थानीय समाचार स्वास्थ्य

स्वास्थ्य स्वयंसेविकालाई आयुर्वेद सम्बन्धि अभिमुखिकरण

चरिकोट/आयुर्वेद सेवालाई लक्षित वर्ग/समुदाय सम्म पहुँच पुर्याउन जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, दोलखाको आयोजना तथा कालिन्चोक गा.पा.को समन्वयमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई आयुर्वेद सेवा सम्बन्धि अभिमुखिकरण कार्यक्रम कालिन्चोक गा. पा.मा तीन चरणमा  सम्पन्न गरेकोछ ।
कालिन्चोक गाउँ पालिकाका उपाध्यक्ष कुल बहादुर बुढाथोकीको प्रमुख आतिथ्य तथा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र¸ दोलखाका कार्यालय प्रमुख डा. मनोज कुमार चौधरीको अध्यक्षता भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कुल बहादुर बुढाथोकीले लापिलाङमा भएको आयुर्वेद औषधालयमा भएको जनशक्ति अभाव यथाशिघ्र परिपुर्ति गरि लापिलाङ आयुर्वेद औषधालयमा आयुर्वेद सेवालाई स्तरोन्नती गरिने प्रतिवद्धता व्यक्त गर्नु भयो ।साथै स्वास्थ्य स्वयंसेविकाहरुलाई योगको प्रशिक्षण पनि गाउँ पालिका मार्फत दिईने जानकारी गराउँनु भयो।
वडा न. ७, ८ र ९ को गाउँ पालिकाको सभा हल सुनखानीमा¸ वडा नं. ५¸ ६ र ७को वडा नं. ५ को कार्यालय लापिलाङ र वडा नं. १¸२ र ३ को महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई बावरे स्वास्थ्य चौकि¸ बावरेमा कार्यक्रम संचालन गरिएको थियो ।कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, आयुर्वेद औषधालयहरु,नागरिक आरोग्य सेवा केन्द्रहरु मार्फत दिइने आयुर्वेद सेवाहरु सम्वन्धी जानकारी गराइनुका साथै स्वस्थ जीवनशैली एवम् घरेलु जडिबुटीहरुको बारेमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका कार्यालय प्रमुख डा. मनोज कुमार चौधरी,आयुर्वेद चिकित्सक डा. सुकृती ढुंगाना र कविराज निरीक्षक अर्चना कुमारी झाद्वारा जानकारी गराएको थियो ।

याे पढ्न छुटाउनु भयाे की ?

सालक संरक्षणका लागि सालक दिवस मनाईदै

Friendship Khabar

आयाराम,गयाराम र निर्वाचन

Friendship Khabar

सफल सहकारीको ११औं वार्षिक साधारण सभा सम्पन्न

Friendship Khabar