फ्रेण्डसिप खबर
गृह पृष्ठ बागमती प्रदेश स्थानीय समाचार

महिलाको पाठेघर खस्ने रोग सम्बन्धि निःशुल्क शिविर

वैतेश्वर/दोलखाको वैतेश्वर अस्पताल र २ नम्बर वडा कार्यालयमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

वैतेश्वर अस्पताल को आयोजना, समुन्द्र बेल्जियमको आर्थिक सहयोगमा र समुन्द्र नेपालको समन्वयनमा वैतेश्वर गाउँपालिकाको २ नम्बर वडा कार्यालयमा र वैतेश्वर अस्पतालमा गरि दुई दिने महिलाको पाठेघर खस्ने रोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको हो । शिविर पौष महिनाको १६ गते २ नम्बर वडा कार्यालय पुतलिकाठमा र पौष १७ गते वैतेश्वर अस्पतालमा सञ्चालन भएको थियो । उक्त शिविरबाट वैतेश्वर गाउँपालिका को वडा नं. १,२,३,४,५ र ६ का करिब २ सय महिलाहरुको स्वास्थ्य परिक्षण गरिएको छ । स्वास्थ्य शिविरमा स्त्री रोग विशेषज्ञ डा.दिपमाला कार्कीले महिलाहरुको पाठेघर रोग सम्बन्धि समस्याको उपचार गरेकि थिइन । स्वास्थ्य शिविरमा करिव २ लाख बराबरको औषधी निःशुल्क वितरण गरिएको थियो ।

याे पढ्न छुटाउनु भयाे की ?

तामाकोसीमा प्रोण प्रतापको उम्मेद्बारी,यस्तो छ राजनैतिक यात्रा

Friendship Khabar

एक वर्षको अन्तरमा जिरी हिलेका बाबु–छोरा दुवैले चुमे सगरमाथा

Kedar Dahal

“कि जितिन्छ, कि बितिन्छ” भनेर गएका शिक्षकलाई विद्यालय संचालन गर्न पालिकाकाे निर्देशन

Kedar Dahal