फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश राजनीति

नेकपा एसको महासचिवमा घनश्याम भुसाल

काठमाडौं/नेकपा एकीकृत समाजवादीले घनश्याम भुसाललाई महासचिव बनाउने निर्णय गरेको छ ।

पार्टी कार्यालय आलोकनगरमा आइतबार बसेको सचिवालयको ५३ औं  बैठकले यस्तो निर्णय गरेको हो । यस्तै बैठकले  महासचिव डा. बेदुराम भुसाललाई उपाध्यक्षमा मनोनयन गरिएको नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

यस्तै बैठकले पार्टीका ४ जना केन्द्रिय उपाध्यक्षहरू घनेन्द्र वस्नेत, केदार न्यौपाने ,धर्मनाथ प्रसाद शाह र केशवलाल श्रेष्ठलाई पार्टीको केन्द्रिय सचिवालयमा सर्वसम्मत मनोनयन गरी केन्द्रिय सचिवालयको संख्या १९ पुगेको बताईएको छ ।
बैठकले सरकारलाई विश्वासको मत दिने र पार्टी संसद्को सत्ता पक्षमा बस्ने समेत निर्णय गरेको छ । बैठकले पार्टी सरकारमा सहभागिताका बारेमा छलफल समेत अगाडि बढाउने निर्णय गरेको विभाग प्रमुख खतिवडाले बैठक पछि पत्रकारहरूसँग जानकारी गराउनु भयो ।

याे पढ्न छुटाउनु भयाे की ?

यस्तो छ राष्ट्रिय सभा सदस्यका उमेद्वार घनश्यामको राजनैतिक यात्रा

Friendship Khabar

जनता ठगीमा नपरुन् -पूर्व प्रधानमन्त्री नेपाल

Friendship Khabar

श्रम मन्त्रीको निर्देशनमा मेनपावरमा छापा, ८७ थान पासपोर्ट जफत

Friendship Khabar