फ्रेण्डसिप खबर
Breaking अर्थवाणिज्य आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश समाचार

जनसचेतन द्वारा सहकारी दिवसमा रक्तदान

नवीनकुमार खतिवडा 

चरिकोट/६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय दोलखासँगको सहकार्यमा रक्तदान कार्यक्रम हुने भएको छ।

२०७९ चैत्र १८ गते शनिबार  बिहान ०८:०० बजे  वैतेश्वर गाउँपालिका मैनापोखरी स्थित संस्थाको कार्यालयमा रक्तदान हुने संस्थाका अध्यक्ष हेमन्त कुमार चौलागाईं ले जानकारी दिनुभयो।

प्रत्येक बर्ष चैत्र २० गते मनाइने राष्ट्रिय सहकारी दिवसको यसबर्षको नारा“सहकारीको दिगोपना,स्वनियमन र सुशासन “रहेको छ।सहकारी दिवस लाई भव्य रुपमा मनाउन रचनात्मक कार्यहरु गर्ने सिलसिला मा यो कार्यक्रम आयोजना गरिएको संस्थाका सचीव कमल दहालले बताउनु भयो।साथै संस्थाले उक्त कार्यक्रममा उपस्थित भइ रक्तदान गरिदिन हुन सवैलाई आव्हान समेत गरेको छ।

जनसचेतन २०५० सालमा स्थापना भइ एक्सेस सिल्भर ब्रान्ड प्राप्त सहकारी संस्था हो । दोलखा जिल्लाको सबैभन्दा ठुलो सहकारी संस्थाको रुपमा रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको कुल सम्पति २ अर्ब ३३ करोड ७३ लाख रहेको छ ।जसअनुसार कुल बचत १ अर्ब ५६ करोड २ लाख ३४ हजार ८०७ रहेको छ भने १ अर्ब ८८ करोड ६२ लाख १ हजार ७१० रुपैयाँ ऋण लगानी गरेको छ । यस्तै शेयर पुजी १६ करोड ५२ लाख ४१ हजार ९ सय,कुल संस्थागत पुजी १७ करोड ३१ लाख ५० हजार ९५२ रुपैयाँ रहेको सहकारीका प्रमुख कार्यकारी अधिकृत नवराज दहालले बताउनुभयो।

याे पढ्न छुटाउनु भयाे की ?

चरिकोट अस्पताललाई ‘पशुपति चौंलागाई स्मृति अस्पताल’ नामाकरण गरिने

Rajkumar Dahal

युवा शक्तिलाई विकास निमार्णमा परिचालन गरिने : श्रम मन्त्री कुँवर

Friendship Khabar

जनसचेतनद्वारा मैनापोखरी बजारमा वृक्षरोपण

Friendship Khabar