फ्रेण्डसिप खबर
अर्थवाणिज्य गृह पृष्ठ बागमती प्रदेश

बागमती प्राेस्कूनद्वारा २४ जनालाई आन्तरिक लेखापरीक्षक प्रमाणित

प्रविण कुमार खतिवडा

काभ्रेपलाञ्चाेक/ बागतमी प्रदेश बचत तथा ऋण सहकारी संघ लि. (बागमती प्रोस्कून)ले विकास गरेको आन्तरिक परीक्षक तालिमको पहिलो ब्याचको तालिम दिई २४ जनालाई प्रमाणित गरेकोछ।
पनौती स्थित डाइमण्ड हिल रिसोर्टमा चैत्र २२ गतेबाट शुरु भएको तालिम आज सम्पन्न भएको हो। सहकारी संस्थाहरुको आन्तरिक सुशासन प्रर्वद्धन र आन्तरिक नियन्त्रण विधीको प्रभावकारीता वृद्धि गरी सहकारी संस्थाहरुको कारोबारमा सहकारीमा आवद्ध सदस्य, सरोकारवाला निकाय र नियामक निकायहरुलाई विश्वासयोग्य वातावरण निर्माण गर्न प्रत्येक सहकारी संघसंस्था स्वयम्ले आन्तरिक परीक्षकको व्यवस्था गरी व्यवस्थित र सुरक्षित सहकारी सञ्चालन गराउने उद्देश्यले विकास भएको तालिम आयोजना गरिएको हो।

कार्यक्रममा बागमती प्रोस्कूनका प्राविधीक सल्लाहकार डा. शिवजी सापकोटा, राष्ट्रिय सहकारी बैंक लि. का प्रमुख कार्यकारी अधिकृत सि.ए बद्रीकुमार गुरागाई, बागमती प्रोस्कूनका प्रमुख कार्यकारी अधिकृत केशबप्रसाद दाहाल, राष्ट्रिय सहकारी बैंक लि. का तालिम अधिकृत बल्लभ तिमल्सिना र बागमती प्रोस्कूनका कार्यक्रम अधिकृत नवराज घोरसाईनेले सहजीकरण गर्नु भएको थियो ।

तालिम पश्चात सहकारी संघसंस्थाहरुमा आन्तरिक परीक्षण शाखा स्थापना गराई वास्तविक समयको परीक्षण (Real time testing) र वार्षिक रुपमा गरी दुई प्रकारको आन्तरिक प्रतिवेदन तयार गरी संस्थाको आन्तरिक व्यवस्थापनलाई चुष्त र दुरुस्त बनाउने लक्ष्य संघले लिएको छ । तालिमको प्रभावकारीताको परीक्षण र कार्यन्वयनको परीक्षण वार्षिक रुपमा संघको अधिकृत स्तरको कर्मचारीबाट गरिने व्यवस्था मिलाईएको छ । तालिमको कार्यक्रमको संघका अध्यक्ष श्री उद्धव सापकोटाले उद्धघाटन गर्नु भएको थियो । सो क्रममा उहाँले नेपालमा सहकारीको आन्तरिक परीक्षणको पहिलो पाठ्यक्रम विकास भई पहिलो समूहमा तालिम लिन उपस्थित हुने ५० करोड भन्दा माथि कारोबार गर्ने संघमा आवद्ध सदस्य संघसंस्थाहरुले तालिम पश्चात संघको मार्गदर्शन अनुसार आन्तरिक परीक्षण शाखा स्थापना गरी सक्षम, सवल र सुरक्षित सहकारी निर्माणमा भूमिका खेल्न अनुरोध गर्नु भएको थियो ।
कार्यक्रममा संघका महासचिव जिवसराज खड्काले संघले विकास गरेको यस पाठ्यक्रमलाई अझै परिष्कृत र उत्कृष्ट बनाउनका लागि तालिमका सहभागीहरुसंग सुझावको अपेक्षा गर्नुका साथै संस्थाहरुले व्यवहारमा कार्यन्वयन गरी सुरक्षित सहकारी संस्था निर्माणमा अभियानमा नमूना प्रर्दशन गर्न सुझाव दिनु भयो । आजसम्पन्न तालिमका सहभागीहरुले तालिमले सहकारी संस्थाको आन्तरिक नियन्त्रण प्रणाली सुधार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने र आफुहरुले सिकेको सिप र ज्ञान आफ्नो संस्थामा लागु गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । तालिममा विभिन्न जिल्ला बचतसंघ तथा प्रारम्भिक बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत र लेखा हेर्ने अधिकृतस्तका कर्मचारीहरु गरी कूल २४ जनाको सहभागिता रहेको थियो। प्रमाणित आन्तरिक लेखापरीक्षक तालिमबाट पहिलो ब्याचमा २४ जना आन्तरिक लेखापरीक्षक तयार भएको र आगामी दिनमा आलेप तालिमलाई निरन्तरता दिने प्राेस्कूनका प्रमुख कार्यकारी अधिकृत केशव प्रसाद दहाले जानकारी दिनुभएको छ।

याे पढ्न छुटाउनु भयाे की ?

सुर्या लाइफ द्वारा बिमा भुक्तानी

Friendship Khabar

ऐनको परिधिभित्र रहेर सहकारी संचालन गर्न सचीव पुडासैनीको अनुरोध

Friendship Khabar

प्रदेशमा रहेर पनि यूएईमा तीज विशेष कार्यक्रम 

Friendship Khabar