फ्रेण्डसिप खबर
कर्णाली प्रदेश गृह पृष्ठ राजनीति

एमालेको वडा कमिटी एकीकृत समाजवादीमा रुपान्तरण

जाजरकोट/जिल्लाको भेरी नगरपालिका वडा नं. ७ को तत्कालिन नेकपा एमालेको वडा कमिटी नेकपा (एकीकृत समाजवादी) मा रुपान्तरण भएको छ । वडा भेलाले अध्यक्ष धन बहादुर शाही, उपाध्यक्ष सरस्वती चन्द लगाएतका पदाधिकारी रहेको एमालेको तत्कालिन वडा कमिटीलाई एकीकृत समाजवादीमा रुपान्तरण गरेको हो ।

भेलाले बिरेन्द्र कुमार शाहीको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी समेत गठन गरेको छ । कमिटीको वरिष्ठ उपाध्यक्षमा सरस्वती चन्द, उपाध्यक्षहरुमा आइते घर्ती र भिम बहादुर शाही र सचिव शान्त बहादुर विक चयन भएका छन ।

कार्यक्रममा पार्टी प्रदेश कमिटी सदस्य तथा जिल्ला उपाध्यक्ष कमान बहादुर खड्का, पार्टी प्रदेश कमिटी सदस्य तथा जिल्ला सचिव गंग बहादुर शाही, पार्टी प्रदेश कमिटी सदस्य तथा भेरी नगरपालिका वडा नं ७ का वडाध्यक्ष चन्द्र बहादुर शाही, पार्टी प्रदेश कमिटी सदस्य तथा भेरी नगरपालिका वडा नं ९ का वडाध्यक्ष ध्रुव प्रसाद पौडेल, पार्टी प्रदेश कमिटी निरज आचार्य, समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य भरत शर्मा लगाएतको सहभागिता हेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष खड्काले पार्टी स्थापनाको छोटो समय मै अन्य पार्टीहरु संग प्रतिस्पर्धा गर्न सक्ने गरी संगठन विस्तार भएकोले आगामी निर्वाचनबाट एकीकृत समाजवादी पहिलो पार्टी बन्ने बताए । जिल्लाका अधिकांश क्षेत्रमा पार्टी संगठन विस्तार भईसकेको र बाँकी ठाउँमा तत्काल संगठन विस्तार गर्ने उपाध्यक्ष खड्काको भनाई छ ।

लामो समयदेखि पुन्मा तत्कालिन एमालेको किल्ला भएको र अव सबै जना एकीकृत समाजवादी पार्टीमा समाहित भएकोले सो वडा अरु कुनै पार्टीले जित्न नसक्ने पार्टी सचिव शाहीले बताए । विभिन्न आश्वासन दिएर एमालेले कतिपयलाई झुक्याउन खोजेपनि इमान्दार कार्यकर्ता नझुक्कीने भन्दै आफुहरुको समग्र क्षेत्रको विकासमा जोड रहेको शाहीको भनाई छ ।

याे पढ्न छुटाउनु भयाे की ?

एमाले कैलाली जिल्ला सल्लाहकार सहित ५ जनाले रोजे नेकपा एस

Friendship Khabar

तामाकाेशी गाउँपालिकाकाे स्थायी केन्द्र ताेक्न मतदान, मानेडाँडाका लागि खस्याे दुई तिहाई

Kedar Dahal

कार्यवाहक वडा अध्यक्ष सहित दर्जनौं नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

Friendship Khabar