फ्रेण्डसिप खबर
गृह पृष्ठ

भिर बाट लडेर वृद्धको मृत्यु

पुष्कर अधिकारी

मैनापोखरी/दोलखाको बैतेश्वर गाउँपालिका वडा नं. ३ का ९५ वर्षिय कृष्ण बहादुर बस्नेतको भिरबाट लडेर मृत्यू भएको छ । गत शुक्रबार देखी परिवारको सम्पर्कमा नरहेका बस्नेत आइतबार बिहाना बैतेश्वर गाउँपालिका वडा नं २ देउलीटार स्थित कर्कले गुफा नजिकैको छरछरे भिरमा मृता फेला परेका हुन ।
बैशाख १ गते दिउँसो करिब ११ बजेतिर घरबाट निस्किएका बस्नेत साझसम्म घर नफर्के पछि आफन्त तथा छरछिमेकीले उनको खोजि कार्य थालेका थिए । तर खोज्दै जानेक्रममा आइतबार बिहान मात्र उनलाई मृत अवस्थामा फेला पारिएको वैतेश्वर गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष कमल अधिकारी ले जानकारी दिए ।
बस्नेतको लास वैतेश्वर गाउँपालिका वडा नं. २ स्थित कर्कले गुफा नजिकैको छरछरे भिरमा अड्किएको अवस्थामा फेला पारिएको हो ।

याे पढ्न छुटाउनु भयाे की ?

राष्ट्र, स्वास्थ्य र विकासकाे लागि खेलकुद भन्ने मुल नाराका साथ जिरी च्याम्पियनसिप २०८० भाेलिबाट शुरु

Kedar Dahal

SEE परिक्षा भाेलिदेखि, दाेलखाबाट ९७ विद्यालयका विद्यार्थी सहभागी हुँदै

Kedar Dahal

कटुवाचौरमा आगलागी करोडौंको क्षति

Friendship Khabar