फ्रेण्डसिप खबर
समाचार

राष्ट्रिय पूँजीको विकास गरि समाजवादको तयारी गर्छौ:-भुसाल

तामाकोसी,मालु

नेकपा एकीकृत समाजबादी पार्टीका महासचिव घनश्याम भुसाल ले अवको बाटो राष्ट्रिय पुजीको निर्माण गरि समाजबादको तयारी रहेको बताउनुभएको छ।
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजबादी दोलखाले पार्टीको ७५ औ स्थापना दिवसको अवसरमा तामाकोसी गाउँपालिका को मालुमा आयोजित जिल्ला स्तरीय कार्यकर्ता प्रशिक्षण प्रशिक्षण कार्यक्रममा प्रशिक्षण दिदै उक्त कुरा बताउनुभएको हो।
कम्युनिस्ट पार्टीको अवको गन्तव्य समाजबाद निर्माण गर्ने हो र त्यसको नेतृत्व नेकपा एकीकृत समाजबादीले मात्र गर्ने भन्दै महासचिव भुसालले २ बर्ष भित्र सवै कम्युनिस्ट पार्टीलाई नेतृत्व दिन सक्ने वैकल्पिक बाम शक्ति निर्माणमा लागेको पनि बताउनुभएको छ।

कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल लाई स्मरण गर्दै भुसालले सहि सिद्धान्त र समाजबादको लक्ष्यका साथ पार्टी स्थापना गरेको हुँदा उहाँ सम्मानित हुनुभएको र पार्टी स्थापना गर्दा बोकेको लक्ष्य पूरा गर्न कुशल संगठन निर्माण गरि त्यसको सहि परिचालन गरेर संस्थापकको सपना पूरा गर्न एकीकृत समाजबादीले नेतृत्वदायी भुमिका निर्माण गर्ने बताउनुभएको छ।

नेपालमा सामन्तबादको अन्त्य भएपनी दलाल पुजिबाद कायमै रहेकोले यसको अन्त्य गरि राष्ट्रिय पुजिबादको निर्माण गर्ने पनि बताउनुभएको छ। २०७४ मा जनताले कम्युनिस्ट लाई ठूलो आशा र अपेक्षा गरेर दुई तिहाई जनमत प्रदान गरेपनि त्यसको नेतृत्व गर्न नसकेर केपि ओलिले इतिहासकै ठूलो भुल गरेको र जनताको आशा र अपेक्षालाई निराशा बनाइदिएकोले केपि ओलि झुटको अर्को नाम भएको दावी गर्नुभएको छ ।

नेकपा एकीकृत समाजबादी दोलखाका अध्यक्ष भिम दहालको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रमको पहिलो दिन केन्द्रिय सदस्य द्वय गोपाल न्यौपाने र महेन्द्र बहादुर कार्की ले प्रशिक्षण दिनुभएको छ भने प्रशिक्षणको दोश्रो दिन पार्टीका केन्द्रिय उपाध्यक्ष प्रमेश हमाल,केन्द्रिय पोलिटब्युरो सदस्य शिव प्रसाद भन्डारी,केन्द्रिय सदस्य अशेष घिमिरे,जिल्ला कमिटी उपाध्यक्ष एवं तामाकोसी गाउँपालिका अध्यक्ष प्रोण प्रताप केसिले प्रशिक्षण दिने कार्यक्रम रहेको छ।

याे पढ्न छुटाउनु भयाे की ?

एकीकृत फ्रेण्डसिपको विद्यालय शिक्षा कार्यक्रम

Nabin Kumar Khatiwada

२० घण्टा बन्द भएर चल्याे माथिल्लो तामाकोसी

Nabin Kumar Khatiwada

राष्ट्रिय सहकारी बैंकका सदस्यको खातामा १५ प्रतिशत लाभांश

Friendship Khabar