फ्रेण्डसिप खबर
गृह पृष्ठ

उपाध्यक्ष तामाङकाे निधन भएपछि गाैरिशंकर गा पा मा मंगलबार शाेक बिदा

केदार दहाल
दाेलखा/आईतबार उपाध्यक्ष श्याम सुन्दर तामाङको निधन भएपछि गौरीशंकर गाउँपालिकाले मंगलबार पालिकाभर शोक विदा दिने भएको छ ।

उपाध्यक्ष श्याम सुन्दर तामाङको आइतबार उपचारका क्रममा निधन भएपछि गाउँपालिका अध्यक्ष विश्वास कार्कीले सोमबार शोक वक्तव्य जारी गर्दै मंगलबार शोक विदाको घोषणा गरेका हुन् ।  तामाङलाई पेट दुख्ने र पखाला लाग्ने समस्या भएपछि भक्तपुरको मध्यपुर थिमी अस्पतालमा भर्ना भएका थिए । उपचारकै क्रममा मुटुमा पनि समस्या देखिएपछि काठमाण्डौको बाँसबारी स्थित सहिद गंगालाल हृदयरोग केन्द्रमा थप उपचारका लागि रिफर गरिएको थियो । उनको उपचारकै क्रममा आइतबार निधन भएको हो ।

याे पढ्न छुटाउनु भयाे की ?

धुलिखेल खानेपानीमा समाजवादीका खोँजू बिजयी

Friendship Khabar

मैनापोखरीमा कांग्रेसको जागरण कार्यक्रम

Friendship Khabar

निरन्तर सहयाेग गर्दै दोलखाली समाज दक्षिण कोरिया

Kedar Dahal