फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ देश स्वास्थ्य

प्रधानमन्त्री प्रचण्ड पत्नीको निधन, दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने

केदार दहाल
काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नि सीता दाहालको निधन भएको छ ।

दाहालको आज बिहान ८:३३ बजे असामयिक निधन भएको र उहाँको पार्थिव शरीर श्रद्धाञ्जली लागि ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा राखिने र २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिने जानकारी सचिवालय जनाएको छ ।

स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको ६९ वर्षको उमेरमा निधन भएको हो ।

प्रधानमन्त्री प्रचण्ड पनि नर्भिक अस्पताल पुग्नुभएकाे छ । अस्पतालले निधनको कारण ‘कार्डियक अरेष्ट’ भनेको छ ।

पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित दाहाल लामो समयदेखि ओछ्यानमा थल्लिएकि थिइन् ।

याे पढ्न छुटाउनु भयाे की ?

शिक्षक संगठन अध्यक्षमा कार्की र बुद्धिजीवी परिषद मा दहाल

Friendship Khabar

नेकपा एस जिरी अध्यक्षमा मोहन खड्का,सल्लाहकार संयोजक केशर जिरेल(अधिवेशन फोटो फिचर)

Friendship Khabar

जनज्योति मावी दोलखा जिल्लाकै उत्कृष्ट विद्यालय घोषणा

Friendship Khabar