फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश राजनीति समाचार

समाजवादी दोलखाको तीनै तहका सरकारलाई ध्यानाकर्षण पत्र

चरिकोट/नेकपा(एकीकृत समाजवादी) दोलखाले जनसरोकार र समसामयिक बिषयमा विभिन्न माग राख्दै जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापन पत्र पेश गरेको छ।
दोलखा सदरमुकाम चरिकोटमा शनिबार पार्टीका केन्द्रिय पोलिटव्युरो सदस्य शिव भन्डारीको प्रमुख आतिथ्यमा सम्पन्न जिल्ला कमिटीको बैठकले पाश गरेको आम जनचासो र जनसरोकारका १० वटा समसामयिक प्रस्तावहरू ज्ञापन पत्र मार्फत स्थानीय तह,प्रदेश सरकार र संघीय सरकार लाई पेश गरेको हो।

बैठकले पास गरेका  समसामयिक निर्णयहरूको सहज कार्यान्वयनका लागि तिनै तहका सरकार तथा सरोकारवाला निकायसँग समन्वयका लागि सहयोग गर्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र समेत बुझाएको हो।
जिल्ला कमिटी बैठकले २०८० भाद्र मसान्तसम्ममा बाकी रहेका पालिकाको अधिवेशन सम्पन्न गर्ने र २०८० असोज २० गते जिल्ला अधिवेशन गर्ने समेत निर्णय गरेको जिल्ला कमिटी दोलखाका सचीव अशोक दहालले जानकारी दिनुभयो।
नेकपा एकीकृत समाजवादी दोलखाका अध्यक्ष भिमप्रसाद दाहालद्वार हस्ताक्षरित ज्ञापन पत्रमा समसामयिक निर्णयहरुलाई सहज कार्यान्वयनको लागि पहल गरिदिन प्रमुख जिल्ला अधिकारी मार्फत अनुरोध समेत गरेको छ । 

याे पढ्न छुटाउनु भयाे की ?

१०औं राष्ट्रपति रनिङ शिल्डकाे उपाधि जिरी नगरपालिकाकाे हातमा

Kedar Dahal

नेता कँडेल एमाले परित्याग गर्दै नेकपा एसमा समाहित

Friendship Khabar

शासक होइन सेवक बन्नेछु:-कुन्दन काफ्ले

Friendship Khabar