फ्रेण्डसिप खबर
गृह पृष्ठ

दोलखाली स्पीकर ग्राण्ड फिनालीमा सहिद स्मृति आवासियकी मेलिसा ढुङ्गेल प्रथम

केदार दहाल
आज दाेलखाकाे सदरमुकाम स्थित कालिन्चाेक मा वि मा दोलखाली समाज दक्षिण कोरियाले आयोजना गरेको राष्ट्रिय स्वाधिनता र वैदेशिक हस्तक्षेप विषयक वक्तृत्वकला प्रतियोगिताकाे दोलखाली स्पीकर ग्राण्ड फिनाली वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

यस स्पिकर ग्राण्ड फिनालिको उपाधि सहिद स्मृति आवासिय मावि जिरीकी छात्रा मेलिसा ढुंगेलले जितेकी छन् । सहिद स्मृति आवासिय मावि जिरीकि छात्रा ढुंगेल दोलखा स्पीकरण वतृत्वकला प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै उपाधि जित्न सफल भएकी हुन् । उनले नगद तीस हजार पुरस्कार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेकी छन्। यसैगरी प्रतियोगितामा कालिञ्चोक गाउँपालिकाकाे जनज्योति माविकी सविना थामी दोस्रो हुँदै नगद बीस हजार पुरस्कार मेडल र प्रमाणपत्र प्राप्त गरेकि छिन र भि न पा काे पशुपति कन्या मा वि की विपना नेपाली तृतीय हुँदै नगद दश हजार पुरस्कार मेडल र प्रमाणपत्र प्राप्त गरेकि छिन।

यस कार्यक्रममा दाेलखाका विभिन्न माविका छात्रछात्राहरुको सहभागीता रहेका थियाे । कार्यक्रममा भीमेश्वर नगरपालिका स्थित पशुपति कन्या मावि, जिरी नगरपालिका स्थित सहिद स्मृति आवाशीय मावि, वैतेश्वर गाउँपालिका स्थित हनुमन्तेश्वर मावि, मेलुङ गाउँपालिका स्थित सत्यश्वर मावि, कालिञ्चोक गाउँपालिका स्थित जनज्योति मावि, तामाकोशी गाउँपालिका स्थित कालिका मावि र गौरीशंकर गाउँपालिका स्थित भुमेगुम्बा माविका गरी ७ जना प्रतियोगीहरुको सहभागिता रहेका थिए । 
 
दोलखाली समाज दक्षिण कोरियाका कार्यवाहक अध्यक्ष अवि थापाको अध्यक्षता र प्रतिनिधि सभा सदस्य सांसद गंगा कार्कीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा बागमती प्रदेश सभाका सदस्य कुन्दनराज काफ्ले, जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानी, मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार थोकर र शिक्षा समन्वय इकाई प्रमुख शंकरबाबु श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो साथै अपांग भएर पनि अत्भूत शक्ति भएका रमेश प्रसाईंले निर्णायककाे भुमिका गर्नुभएको थियाे ।

याे पढ्न छुटाउनु भयाे की ?

दुर्गम गाउँमा अनलाइन भुक्तानी बारे विद्युत सचेतना

Friendship Khabar

जग्गा धितो रोक लगाउने निर्णय कार्यान्वयन नगर्न आदेश

Friendship Khabar

“कि जितिन्छ, कि बितिन्छ” भनेर गएका शिक्षकलाई विद्यालय संचालन गर्न पालिकाकाे निर्देशन

Kedar Dahal