फ्रेण्डसिप खबर
खेलकुद गृह पृष्ठ बागमती प्रदेश

हेमन्त स्मृति भलिबलको उपाधी चितवनलाई

जिरी /हेमन्त प्रधान स्मृति कप भलिबलको उपाधी चितवनले हात पारेको छ।
दोलखाको जिरीमा आइतबार सम्पन्न बागमती प्रदेशस्तरीय भलिबल कपको उपाधी रामेछापलाई हराउँदै चितवनले हात पारेको हो।
पुस २६ गतेदेखि सुरु भएको प्रतियोगिताको उपाधी विजेता चितवनले नगद दुई लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

कपको उपविजेता रामेछापले एक लाख नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। कपमा तेस्रो भएको सिन्धुलीले ५० हजार नगदसहित प्रमाणपत्र पेराप्त गरेको छ भने र दोलखाले सान्त्वनास्वरुप ३० हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेको छ।
कपमा वेस्ट प्लेयरको  चितवनका नवीन महतो, वेस्ट स्पाइकर रामेछापका रोशन मगर,वेस्ट सर्भर  सिन्धुलीका सरोज हायु, वेस्ट सर्टर चितवनका मन्जिल गुरुङ, वेस्ट ब्लकर चितवनकै मनिष राई र वेस्ट डिफेन्डर रामेछापका माइकल आलेले ट्रफी प्राप्त गरेका छन्।
तत्कालीन माओवादी द्वन्द्वका क्रममा हत्या गरिएका तत्कालीन नेपाल तरुण दलका नेता हेमन्त प्रधानको स्मृतिमा नेपाली कांग्रेस प्रदेश सभा (क)ले आयोजना गरेको कार्यक्रममा प्रदेश सभापति शुक्रराज तामाङले उपाधी विजेताहरुलाई मेडल, ट्रफी र नगदसहित सम्मान गरेका थिए।
प्रतियोगितामा बागमती प्रदेशका १० जिल्लाका १२ टिमको सहभागिता रहेको थियो।

याे पढ्न छुटाउनु भयाे की ?

जनसचेतन साकोसका प्रमुख संरक्षक ढुङ्गेल अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

Friendship Khabar

“एक विद्यालय एक नर्स कार्यक्रम” अन्तर्गत ४५७ जना नर्सका लागि अवसर

Kedar Dahal

दोलखा क्षेत्र नं २ मा एमालेका केसी निर्वाचित

Friendship Khabar