फ्रेण्डसिप खबर
Breaking गृह पृष्ठ समाचार स्थानीय समाचार स्वास्थ्य

बिरामीहरूकाे साहारा बन्दै दाेलखाली समाज दक्षिण काेरिया

केदार दहाल
काठमाडौं/दोलखाली समाज दक्षिण कोरियाद्वारा दाेलखाका तीन जना बिरामिलाई एकै जम्मा गरेको रु. एक लाख एक्काईस हजार रुपैया सहयाेग गरेकाे छ ।

दाेलखामा विभिन्न राेग लागि काठमाडौंका विभिन्न अस्पतालमा उपचार गरिरहेका राेगिहरुलाई भेटि सहयाेग रकम हस्तान्तरण गरिएको हाे । मस्तिष्कमा पानी र रगत जमेर KMC अस्पतालमा उपचार गरिरहनु भएका कालिन्चोक गा.पा वडा नं ५ का शुकवीर थामीलाई नगत रु. पचास हजार, वीर अस्पताल मा उपचार गरिरहनु भएका कालिन्चोक गा.पा ६ का नारायण ब. थामीलाई नगद रु. पच्चीस हजार र राष्ट्रिय मृगौला प्रत्यारोपन केन्द्र काठमाडौंमा उपचार गरिरहनु भएका भि.न.पा १ दोलखाकि गंगामाया थामी(लक्ष्मी) लाई नगद रु. छयालीस हजार सहयोग रकम दोलखाली समाज दक्षिण कोरियाका पुर्व अध्यक्ष द्वय सरोज केसी र निर्मल कार्की लगायत समाजसेवी रेशम अधिकारी, समर थापा लगायतले हस्तान्तरण गरेका छन्। दोलखाली समाज दक्षिण कोरियाका अध्यक्ष अभि थापा, सह कोषाध्यक्ष श्री सचिन थामी र सदस्य श्री रोहित बस्नेतकाे अगुवाइमा साे रकम संकलन गरि नेपाल पठाइएको थियाे ।

यस अघि पनि वैतेश्वरका एक बिरामिलाई रु. १,१८,८६९ सहयाेग गरेकाे थियाे । दाेलखालि समाजले दाेलखाकाे शैक्षिक क्षेत्रमा धेरै अगाडिदेखि विभिन्न विद्यालय र विद्यार्थीलाई सहयाेग गर्दै आएको साथै विपन्न परिवार, दिर्घ राेघी र विपत लगायत धेरै क्षेत्रमा सहयोग गर्दै आएकाे छ ।

याे पढ्न छुटाउनु भयाे की ?

हनुमन्तेश्वर मावी ६५ औं बर्षमा,अभिभावक दिवस सम्पन्न

Nabin Kumar Khatiwada

प्रेस सेन्टर दोलखाका संस्थापकहरु सम्मानित

Friendship Khabar

इजरायलले थप १ हजार नेपाली कामदार लैजाने

Friendship Khabar