फ्रेण्डसिप खबर
गृह पृष्ठ

१०औं राष्ट्रपति रनिङ शिल्डकाे उपाधि जिरी नगरपालिकाकाे हातमा

केदार दहाल

दाेलखा सिङ्गटि/जिल्ला स्तरीय १० औं राष्ट्रपति रनिङ शिल्डको उपाधी जिरी नगरपालिकाले हात पारेको छ । जिल्ला खेलकुद विकास समितिको आयोजना तथा विगु गाउँपालिकाको सहआयोजनामा मंगलबार देखि दोलखाको सिङ्गटी बजार स्थित खोलिखिम खेल मैदानमा सम्पन्न भएको हाे ।

प्रतियोगितामा जिरी नगरपालिकाले ८ स्वर्ण, ५ रजत र ४ कास्य सहित उपाधी जित्न सफल भएको हो । विजेता नगरपालिकाले ३० हजार रुपैयाँ सहित रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । ६ स्वर्ण, ६ रजत र ८ कास्य पदक सहित विगु गाउँपालिका द्धितिय र ५ स्वर्ण, २ रजत र २ कास्य पदक सहित तामाकोशी गाउँपालिकाले तृतीय स्थान हासिल गर्न सफल भएका छन् । यसैगरी प्रतियोगितामा द्धितीय र तृतीय हुने पालिकालाई क्रमश: २० हजार र १० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । त्यस्तै प्रतियोगीतामा सहभागि अन्य पालिकाहरुमा भीमेश्वर नगरपालिकाले स्वर्ण १, रजत ४ र कास्य ४ गरी ९ वटा पदक, बैतेश्वर गाँउपालिकाले स्वर्ण ४, रजत ४ र कास्य ४ गरी १२ वटा पदक, मेलुङ गाँउपालिकाले स्वर्ण १ र कास्य १ गरी दुईवटा पदक, शैलुङ गाँउपालिकाले स्वर्ण २, रजत ४ र कास्य ३ गरी ९ वटा पदक, कालिञ्चोक गाँउपालिकाले स्वर्ण २, रजत ६ र कास्य ४ गरी १२ वटा पदक तथा गौरीशङ्कर गाँउपालिकाले स्वर्ण १ र कास्य १ गरी दुई वटा पदक जितेको थियोे ।

वाग्मती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल, जिरी नगरपालिका मेयर मित्र जिरेल, विगु गाउँपालिका अध्यक्ष सन्जिव ओली, गौरीशंकर गाउँपालिका अध्यक्ष विश्वास कार्की, शैलुङ गाउँपालिका अध्यक्ष रिमल बाबू श्रेष्ठ, मेलुङ गाउँपालिका अध्यक्ष हिरा थोकर, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रामहरि शिवाकोटी लगायतले विजेतालाई पुरस्कार वितरण गरेका थिए साथै प्रतियोगितामा दोलखा जिल्ला भित्रका पुर्व खेलाडीहरुलाई दोसल्ला ओढायर सम्मान गरिएको थियो ।

प्रतियोगितामा सहभागी खेलाडीहरु छनौट गरी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको लागि पठाइने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रामहरि शिवाकोटीले जानकारी दिए ।

याे पढ्न छुटाउनु भयाे की ?

सांसद रिजाल द्वारा श्री कृष्ण कथाको उद्घाटन

Nabin Kumar Khatiwada

युवा शक्तिलाई विकास निमार्णमा परिचालन गरिने : श्रम मन्त्री कुँवर

Friendship Khabar

दोलखाली समाजको अध्यक्षमा कुमार पिडि

Friendship Khabar