फ्रेण्डसिप खबर
Breaking गृह पृष्ठ बागमती प्रदेश

दोलखाली समाजको अध्यक्षमा कुमार पिडि

काठमाडौ /दोलखाली समाजको अध्यक्षमा कुमार प्रसाद दहाल सर्वसम्मत चयन भएका छ्न।

शनिबार सम्पन्न समाजको १८ बार्षिक साधारण सभाले दोलखाको वैतेश्वर ५ मैनापोखरी निवासी कुमार प्रसाद दहाल लाई अध्यक्ष निर्वाचित गरेको हो।

दहालको नेतृत्वमा गठित समाजका बरिस्ठ उपाध्यक्ष बुद्धि प्रसाद पोख्रेल,उपाध्यक्ष खुस बहादुर खड्का, महिला उपाध्यक्ष सरिता सिवाकोटी, महासचिव जय बहादुर बस्नेत,सचिब राजु कार्की,कोषाध्यक्ष कमला फुयाल र सदस्य हरुमा गोबिन्द सुवेदी,सुशीला साप्कोटा,एसाङ्ग तामाङ्ग,कालिका बस्नेत श्रेष्ठ,पुष्कर रिमाल,रुपा सिवाकोटी,मैयाँ न्यौपाने र माधव खड्का रहेका छ्न।

निवर्तमान अध्यक्ष शंकरनाथ काफ्लेको अध्यक्षतामा भएको कार्यक्रम बागमती प्रदेश सरकारका बन तथा बाताबरण मन्त्री विशाल खड्का को प्रमुख अतिथिमा सम्पन्न भएको हो।कार्यक्रम मा नेपाली काङ्ग्रेस दोलाखा काठमाडौ सम्पर्क समितिका अध्यक्ष गोपाल घिमिरे,नेकपा माओबादी केन्द्र दोलाखा काठमाडौ सम्पर्क समन्वय कमिटिका अध्यक्ष मीन घिमिरे ले शुभकामना दिनुभएको थियो।साधारण सभामा नयाँ बर्षको शुभकामना आदनप्रदान,क्यालेन्डर बिमोचन,आजीवन सदस्यहरुलाई प्रमाणपत्र बितरण प्रमुख अतिथि मन्त्री विशाल खड्का बाट भएको थियो।

दोलाखाली समाज दोलखाका सबै राजनितिक पार्टिहरुमा आस्था राख्नेहरुको साझा चौतारी भएकोले दोलाखा का सबै राजनितिक दलहरुलाइ एउटै मंचमा राखेर पटक पटक कार्यक्रम गरिसकेको र सवैको भावना अनुसार दोलखाको बिकास र सामाजिक कार्यहरू गरिने नवनिर्वाचित अध्यक्ष कुमार पिडिले जानकारी दिनुभयो।

Write to Nabin Kumar Khatiwada

याे पढ्न छुटाउनु भयाे की ?

अविरल वर्षा संगै मेलुङ सितली सडक खण्ड अवरुद्ध (फोटो फिचर)

Friendship Khabar

चरिकोटमा आधारभुत सहकारी लेखापालन तालीम

Friendship Khabar

साना दरका नोटले भरियो भल्ट, बैंकले लिन छोडे सयभन्दा तलका नोट

Kedar Dahal