फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश स्वास्थ्य

नव निर्मित स्वास्थ्य चाैकि भवन पालिका अध्यक्ष कार्कीद्वारा उद्घाटन

केदार दहाल
दाेलखा/गौरीशंकर गाउँपालिका वडा नं ९ सिमिगाउँमा ३ करोड लगानीमा गाैरिशंकर स्वास्थ्य चौकी भवन निर्माण भई आज उद्घाटन भएको छ।

२०७२ साल बैशाख १२ गतेको महाप्रलयकारी भुकम्पबाट क्षति ग्रस्त भएको स्वास्थ्य चाैकि सघन शहरी तथा भवन निर्माण आयोजनाद्वारा पुनः निर्माण भएको हाे । साे नव निर्मित स्वास्थ्य चौकी भवन आज यसै गाउँपालिकाका अध्यक्ष श्री विश्वास कार्कीज्यूबाट समुद्घाटन सु-सम्पन्न भएकाे हाे ।

कार्यक्रममा गौरीशंकर गाउँपालिका ९ का अध्यक्ष निम गेलि शेर्पा, सिमिगाउँ स्वास्थ्य चौकीका इन्चार्ज धर्मेन्द्र हमाल, पार्टीका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी लगायतको उपस्थिती रहेको थियो । भुकम्पपछि ३ कोठे अस्थायी भवनबाट सेवा लिदै आएका बिरामीहरु २ तले सुविधा सम्पन्न स्वास्थ्य चाैकि निर्माण भए पछि स्थानीयहरु खुसि भएका छन्।

याे पढ्न छुटाउनु भयाे की ?

हिमालयन लाइफ इन्स्योरेन्सका डाइरेक्टर के सि द्वारा पाेषाक वितरण

Kedar Dahal

एकीकृत समाजवादी हेटौंडा चुनाव केन्द्रित अभियानमा

Friendship Khabar

एमाले नेता उप्रेती द्वारा पार्टी परित्याग

Friendship Khabar