फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश शिक्षा

दाेलखाली समाज दक्षिण काेरियाद्वारा विद्यार्थीलाई ट्रयाक सुट वितरण

केदार दहाल
दाेलखा/दोलखाली समाज दक्षिण कोरियाले कालिन्चाेक गाउँपालिका वडा नं ८ सुनखानिमा रहेकाे श्री देविस्थान आधारभुत विद्यालयका विद्यार्थीलाई ८५ जोर ट्रयाक सुट सहयाेग गरेकाे छ ।

“तपाईं हाम्राे सुख दुखकाे साथि दाेलखालि समाज, दाेलखालि समाज दाेलखालिकाे हितमा” भन्ने मूल उद्देश्यका साथ स्थापना भएको याे समाजले स्थापना कालदेखि धेरै सहयाेग गर्दै आएको छ । समाजका अध्यक्ष अभि थापाकाे अनुराेधमा न्युजिल्यान्डमा रहेका रामराज ओलि र दक्षिण काेरियामा रहनुहुने नवीन शिवाकाेटि, नवराज शिवाकोटी र पुरुशोतम शिवाकोटीले करिब ६५०००।- (अक्षरुपि पैसठ्ठि हजार) आर्थिक सहयाेग गर्नु भएको थियाे । साे रकम बाट विद्यार्थीहरुलाई जाडाे छल्नका लागि ट्रयाक सुट वितरण गरिएको हाे । समाजका अध्यक्षका अनुसार आफुले पढ्ने बेलामा जाडाे माैसमा पाएकाे दुख पिडालाई सम्झेर अहिले त्याे समाजमा रहेका अनाथ, दलित र विपन्न वर्गका विद्यार्थीहरूकाे अवस्थालाई मध्ये नजर गर्दै सहयाेग गरेकाे बताउनुहुन्छ । शनिबार एक कार्यक्रमको विच गाउँपालिका अध्यक्ष अर्जुन शिवाकोटीले विद्यार्थीलाई कपडा वितरण गर्नुभएको थियाे ।

दाेलखालि समाजले दाेलखाकाे शैक्षिक क्षेत्रमा धेरै अगाडिदेखि विभिन्न विद्यालय र विद्यार्थीलाई सहयाेग गर्दै आएको साथै विपन्न परिवार, दिर्घ राेगि, विपत लगायत धेरै क्षेत्रमा सहयोग गर्ने गरेकाे छ ।

याे पढ्न छुटाउनु भयाे की ?

हिमालयन लाइफ इन्स्योरेन्सका डाइरेक्टर के सि द्वारा पाेषाक वितरण

Kedar Dahal

नेकपा एस निकट प्रवासी नेपाली एकता मञ्च युएइको अध्यक्षमा सापकोटा

Friendship Khabar

एकीकृत सरकारी कर्मचारी संगठनको अध्यक्षमा बिप्र खड्का

Friendship Khabar