फ्रेण्डसिप खबर
Breaking अर्थवाणिज्य आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश समाचार स्थानीय समाचार

कालिञ्चाेक गाउँपालिका सहकारी सञ्जाल गठन

सुनखानी/दोलखाको कालिञ्चाेक गाउँपालिका भित्र रहेका सहकारी सञ्चालकहरूकाे भेलाले कालिञ्चाेक गाउँपालिका सहकारी सञ्जाल गठन गरेकाे छ ।

गाउँपालिका भित्र विभिन्न उद्देश्यका सञ्चालित ५६ सहकारी संस्थाहरू रहेका छन।आनन्ददायक बहुउद्देश्यीय सहकारी संस्थाका काेषाध्यक्ष प्रेमलाल शिवाकोटीकाे अध्यक्षतामा ११ सदस्यीय सहकारी सञ्जाल गठन भएको हाे । जिल्ला सहकारी संघ दाेलखाका महासचिव दिलबहादुर केसीकाे अध्यक्षतामा भएकाे भेलाले उपाध्यक्षमा छलिमाया थामी, सचिव चित्रबहादुर खड्का, काेषाध्यक्ष नारायण रेग्मी चयन भएका छन् । सञ्जालकाे सदस्यहरूमा कमल कार्की,  निरबहादुर बस्नेत, गुरूप्रसाद खरेल, जगत खत्री, कर्णबहादुर थामी, देवेन्द्र थामी, कल्पना शर्मा रहेका छन् ।
सहकारी अभियानलाई व्यवस्थित र एकअर्का बीच समन्वय गर्न सञ्जाल गठन आवश्यक रहेको जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष  देवी प्रसाद शर्माले जानकारी दिए। सहकारी क्षेत्रकाे नियम र व्यवस्थापनकाे जिम्मेवारी स्थानीय तहलाई संवैधानिक अधिकार भएकोले स्थानीय तहलाई सहयोग गर्न पनि सहकारी सञ्जाल आवश्यक रहेने शर्माको भनाइ रहेको छ।
दाेलखाका ९ वटै स्थानीय तहमा यस्तो सञ्जाल आवश्यक छ । जिल्लाको तामाकोसी गाउँपालिकामा सहकारी सञ्जाल सक्रिय रहेको छ।शैलुङ, मेलुङ र गाैरीशंकर गाउँपालिकामा पनि सहकारी सञ्जाल गठन भएका छन।

याे पढ्न छुटाउनु भयाे की ?

दुई महिनाका लागि वैतेश्वरले राख्याे सडक हेरालु

Kedar Dahal

माओवादी केन्द्र द्वारा सर्वसम्मत अध्यक्षकाे उम्मेदवार चयन

Friendship Khabar

“एक विद्यालय एक नर्स कार्यक्रम” अन्तर्गत ४५७ जना नर्सका लागि अवसर

Kedar Dahal