फ्रेण्डसिप खबर
गृह पृष्ठ बागमती प्रदेश

उज्यालो भविष्य द्वारा शताब्दी पुरुष लगायतलाई सम्मान

काठमाडौ/उज्यालो भविष्य सस्था दोलखाले स्थापनाको १० बर्ष पुरा भएको अवसरमा बिभिन्न व्यक्तिहरु लाई सम्मान गरेको छ ।
काठमाडौँमा भएको कार्यक्रममा शताब्दि पुरुष(एक सय दुई बर्ष)हरि बहादुर वस्नेत,पत्रकार चिरञ्जीवी मास्के, बरिष्ठ कलाकार मदनदास श्रेष्ठ, सोलुखुम्बुको लिखुपिके गाँउपालिकाका प्रमुख मिना कार्की वस्नेत, साहित्यकार दामोदर प्रसाद न्यौपाने, समाजसेवी सविता उप्रेती, हेमा मानन्धर, खड्ग शिवाकोटी र मोहन खत्री र माया थामिलाई कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री हित बहादुर तमाङ्ले सम्मान गर्नु भएको थियो ।

मानव सेवा,पर्यटन विकास,शैक्षिक जागरण, महिला तथा बाल बालिको अधिकार लगायतका क्षेत्रमा कृयाशिल उज्यालो भविष्य सस्था दोलखाले स्थापनाको १० बर्ष पुरा भएको अवसरमा बिभिन्न व्यक्तिहरु लाई सम्मान गरेको हो । सो अवसरमा मन्तवय व्यक्त गर्नुहुदै संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री हित बहादुर तमाङले दोलखामा निर्माणाधिन फिल्मशिटीको लागि सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले नेपालमा धार्मिक पर्यटक भित्राउन काठमाडौँको पशुपति नाथ, लुम्बिनी, पोखरा लगायतका क्षेत्रको विशेष व्यवस्थापन गर्नुपर्ने बताउनु भयो ।

उज्यालो भविष्य संस्थाका अध्यक्ष राजन वस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं सांसद गंगा कार्की, नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी, नेपाली कांग्रेसका नेता तारा बहादुर कोईराला, जिल्ला विकास समितिका पूर्व सभापति रुद्र बहादुर खड्का, नेपाली कांग्रेसका महासमिति सदस्य एवं दरुण दलका नेता सन्तोष पाण्डे, क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता बद्री कुमार चौलागाई, नेकपा एमाले दोलखा काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष उमेश खड्का, नेपाली कांग्रेस दोलखा काठमाडौँ सम्पर्क समितिका सभापति सरोज शिवाकोटी, नेपाल प्रेस युनियनका केन्द्रीय सचिव लालकुमार मोक्तान लगायतले मन्तव्य व्यक्त र्नु भएको थियो ।

याे पढ्न छुटाउनु भयाे की ?

जुरिचको बार्षिक उत्सव

Friendship Khabar

दोलखाका होटलको सेवा सुविधा सुधार सहित ७ बुँदे साझा निष्कर्ष सार्वजनिक

Nabin Kumar Khatiwada

के हो लम्पी स्कीन ? कसरी गर्न सकिन्छ यसको उपचार

Friendship Khabar