फ्रेण्डसिप खबर
गृह पृष्ठ मनाेरञ्जन

उषा गजुरेल र सुरज पण्डितकाे स्वरमा “हजुरकै मायाले” गित सार्वजनिक

केदार दहाल
गायिका उषा गजुरेल र संगीतकार सुरज पण्डितको आवाजमा संयुक्त तेस्रो प्रस्तुति “हजुरकै मायाले” बोलको गीत सार्वजनिक भएको छ ।

सुरज पण्डितको शब्द र संगीत रहेको यस गीतमा गायक/गायिका उषा गजुरेल र सुरज पण्डितको सुमधुर आवाजले श्राेता तथा दर्शकलाई थप आनन्दमय बनाउने खालको रहेकाे छ । यस गीतको यारेन्ज उदयराज पौडेलले साथै काेरियाे ग्राफर सियाेन श्रेष्ठ र भिडियो निर्देशन नारायण मगरले गरेका छन् । चर्चित मोडल कुशल बिष्ट र श्रयता मिश्राले अभिनय गरेकाे यस भिडियोमा विभिन्न दृश्य पक्षले आकर्षक बनाईएको छ ।

गीतकाे शब्द चयन, भिडियो र दृश्य छनाेटमा धेरै लगानि र मेहेनत रहेकाले सोचे भन्दा धेरै राम्रो भएकोमा निर्माण टिम नै आशाबादी रहेको निर्माता सम्राट दाहालले बताएका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

जुरिच किन्डर गार्डेनको दीक्षान्त,१३ जना दिक्षित

Nabin Kumar Khatiwada

दोलखामा कार्की र शिवाकोटी बिच प्रतिष्ठाको संघर्ष,रोचक प्रतिस्पर्धा

Friendship Khabar

सुर्या लाइफ द्वारा बिमा भुक्तानी

Friendship Khabar