फ्रेण्डसिप खबर
गृह पृष्ठ

नयाँ कमिटि चयन गर्दै नेकपा माओवादी केन्द्रको वैतेस्वरको सम्मेलन सम्पन्न ।

तेन्जिङ शेर्पा

दाेलखा/ नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) वैतेश्वर गाउँपालिकाको सम्मेलन गाउँपालिका पार्टी कमिटीका अध्यक्ष मीन कुमार शिवाकोटीको सभापतित्व र नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पुर्व राज्य मन्त्री देवि खडकाको प्रमुख आतिथ्यतामा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ।

    सम्मेलनले भुवन घिमिरेको अध्यक्षतामा ४५ सदस्यीय गाउँपालिका कमिटी सर्व सम्मत  निर्वाचित गरेको छ । उपाध्यक्षमा शालिकराम उप्रेती , लालकाजि बस्नेत , सचिवमा बिनोद घिमिरे सह सचिव उषा लामा  र कोषाध्यक्ष अम्बर बहादुर तामाङ सहित ४५ सदस्यिय कमिटि सर्व सम्मत निर्वाचित छ भने केशव ढुङ्गेल अध्यक्षतामा ११ सदस्यिय बुद्धिजिवी संगठन समेत गठन गरिएको छ । 
        सम्मेलनमा नेकपा एमाले परित्याग गर्दै झलक पाख्रिन र रिता बस्नेत माओवादि केन्द्रमा प्रवेश गरेका छन ।नव प्रवेशिहरुलाई पुर्व राज्य मन्त्री देवि खड्काले खादा लगाएर स्वागत गर्नु भएको थियो। सम्मेलनलाई सम्बोधन गर्दै केन्द्रीय सद्स्य देवि खडकाले यो समय देश जोगाउने कि भ्रस्टचारी जोगाउने , नेता जोगाउने कि व्यवस्था जोगाउने समय छिनोफानो गर्ने समय जनतामा आएको बताएका थिए त्यसै माओवादि केन्द्र दोलखाका संस्थापक एवं केन्द्रीय सदस्य शंकर लामाले काङ्ग्रेस र एमाले टुकुचा खोला  जस्तै डुङडुङ्ती गनाएको पार्टी भएको र त्यो फोहोर सफा गर्ने काम नेकपा माओवादि गर्ने र सर्वाहरा बर्गको  आफ्नो आवाज बुलन्द गर्दै जनताको पक्षमा काम गर्ने पार्टी रहेको बताए । सम्मेलनलाई नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष कमल श्रेस्ठ (ज्योति ) पालिका ईन्चार्ज भिम ब श्रेस्ठ (अबिरल) दोलखा काठमाडौं समन्वय सम्पर्क मन्चका सचिव ईराज राउत , बुद्दिजिवि संगठन दोलखा उपाध्यक्ष रानु श्रेस्ठ र साबिक काब्रे गाबिसका कम्न्युस्ट पार्टी संस्थापक नेता हरि लामिछानेले सम्बोधन गरेका थिए ।

याे पढ्न छुटाउनु भयाे की ?

निता राउत फाउण्डेशन द्वारा न्यानो कपडा बितरण

Friendship Khabar

वडाध्यक्षको पारिश्रमिकबाट विपन्नलाई स्वास्थ्य बीमा

Nabin Kumar Khatiwada

बागमती र सुदुर पश्चिमका प्रदेश प्रमुखहरुको शिष्टाचार भेट

Nabin Kumar Khatiwada